
काठमाडौँ ।
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्यहरूको १५ वटा समूहमा छलफल भइरहेको छ ।

यससँगै महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि पनि समूहगत रुपमै छलफल शुरू भएको हो । उल्लिखित प्रतिवेदनमाथि नेकपामा १५ वटा समूह बनाएर छलफल भइरहेको बताइएको छ । आज ९बिहीबार०बाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडा तथा राष्ट्रिय सभागृहमा समूहगत छलफल चलिरहेको छ । छलफल सकेर भोलि शुक्रबार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा छलफलको निष्कर्ष पेश गरिनेछ ।
बुधबार बसेको दोस्रो पूर्ण बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग रोक्दा नेपाललाइ घाटा हुने भन्दै पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए ।