
काठमाडौँ ।
काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् ।
उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।