काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको समूहगत छलफल आज पनि जारी छ । केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरी समूहगतरुपमा छलफल चलिरेको छ । यी १५ समुहको बैठक पार्टी मुख्यालय धुम्बाराही, राष्ट्रियसभागृह र पेरिसडाँडामा चलिरहेको छ ।
हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अमेरिकी सहयोग नियोग मलेनियम च्यालेन्ज कर्पोरेशनको चर्को आलोचना गरेका छन् । उनीहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सैन्य रणनितिअन्तर्गत आएको सहयोग स्विकार गर्न नहुने बताएका थिए ।
नेपालको संसदबाट यथास्थितीमा यो विधेकय पारित गर्न नहुने उनीहरुको मत छ । अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेक्रममा केन्द्रिय सदस्यहरुको खुलेरै एमसीसीको विरोध गरे ।
शिर्ष नेताहरुले भने एमसीसीको विषय बढी नउचाल्न आग्रह गर्दै पार्टीका प्रभावशाली नेताहरुसँग व्यक्तीगत छलफल तीब्र पारेका छन् ।