
भिम भुसाल, देवचुली ।
देशभर सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्थ अधिकारीसम्म संलग्न रहेको पाइएको छ । विभिन्न ठाउँका मठ–मन्दिरका जग्गा सबैभन्दा बढी अतिक्रमणमा परेका छन् । भूमाफियाले सरकारी कर्मचारी र राजनीतिक दलका नेताको आडमा सार्वजनिक जग्गालाई निजी बनाएर बेचबिखन गर्ने गरेको समाचार पनि पटक–पटक प्रकाशित भइरहेका छन् । तर पनि सरकारले सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र भएका जग्गाको संरक्षण गर्न प्रभावकारी कदम चाल्न सकेको छैन ।
देवचुली नगरपालिकाको अधिकांश सार्वजनिक, र ऐलेनि जग्गाहरु अतिक्रमण हुदै गै–रहेका छन् । नगरभित्र के कति सार्वजनिक जग्गा अतिक्रमण भएको छ भन्ने एकिन तथ्याङ्क न त नगरपालिकासँग छ, न त आम जनतालाई नै यस प्रति चाँसो ।
देवचुली नगरपालिका–१३ दलदले बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गा दिनानुदिन अतिक्रमण गर्दै घर तथा ब्यवसायिक भवनहरु ठडिदै आएका छन् । दलदले चोकदेखि नगरपालिका कार्यालय जाने बाटोको पछाडी भागमा पर्ने कुलो सार्वजनिक जग्गा हो । यो कुनै ब्यक्तिले कब्जा गरेर आफ्नो स्वार्थमा प्रयोग गर्न पाउँदैन । सरदरमा ८ देखि १२ मिटर चौडाई रहेको नहरको जग्गालाई ब्यवस्थित बनाउन सक्ने हो भने बजार क्षेत्रमा देखिदै आएको सवारी चाँपलाई ब्यवस्थापन गर्न सकिने थियो । तर यसप्रति न त जनप्रतिनिधीले ध्यान दिन्छन् न त स्थानियले नै । यहाँ बनाईएको सार्वजनिक जग्गाको घर जग्गा नक्शा पास त परै जावस नगरपालिकाले हटाउने सम्म हिम्मत गर्न सक्दैन, कारण राजनैतिक पार्टी । नगरकार्यपालिका सदश्यको गोप्य सुचना अनुशार जग्गा अतिक्रमणको विषय नगरकार्यपालिकामा उठ्नासाथ वडाअध्यक्षहरु नै सार्वजनिक जग्गाको विषयमा बोल्न चाहादैनन् । न त कुनै ठोस निणर्य नै गर्न सक्छन् । १३ नम्बर वडाको भाग्यपुरी पुल देखि दलदले चोक सम्म रहेको २ सय मिटर दुरीमा ७–८ वटा घर, नहर माथि नै बनेका छन् भने अधिकाँश ब्यक्तिहरुले घरपछाडी र अगाडि रहेको सार्वजनिक जग्गालाई मिच्दै टहराहरु बनाईरहेका छन् । नगरपालिकाका अनुशार दलदले मै रहेको मनकामना क्रसर उद्योगले समेत ऐलेनि जग्गालाई अतिक्रमण गर्दै काम गरीरहेको छ । मुकुण्डे खोलालाई अतिक्रमण गर्दै मेगा रिसोर्ट समेत सञ्चालन हुदै आएको वर्षौ भै–सक्यो । यस प्रति देवचुली नगरपालिका मुखदर्शक बन्दै आएको छ । वडा नम्बर १७ मा रहेको गैडा ताल समेत अतिक्रमणको चपेटामा परेको छ । तालको १० कठ्ठा भन्दा धेरै जमिनि अतिक्रमण भै–सकेको छ । चौधरी उद्योग ग्राम भित्र समेत विघौ विघाहा जमिन अतिक्रमित रहेको छ । यति धेरै सार्वजनिक जग्गा वर्षौ देखि अतिक्रमित हुदै आउँदा अतिक्रमणकारीप्रति कुनै चाँसो नदेखिनु वा अतिक्रमित सार्वजनिक सम्पत्ती फिर्ता नहुनुमा विभिन्न राजनैतिक दल र जनप्रतिनिधी नै संलग्न त छैनन् भन्ने आशंका रहेको छ ।

स्थानिय सरकार सञ्चालन ऐन अनुशार सार्वजनिक जग्गाको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व भएता पनि आम नागरिक र स्थानिय राजनितिक दलले चिन्तन नगर्नु पिडादायिक विषय रहेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताएका छन् ।
नगर उप–प्रमुख पार्वता तिवारीले सार्वजनिक सम्पत्ती संरक्षण गर्नु नगरपालिकाको जिम्मेवारी रहेपनि अटेरीका सामु कारबाहिमा उत्रिन नसकेको स्विकार गरेकी छन् । नगरभित्र विभिन्न रिसोर्ट, क्रसर उद्योग, सेन्टर प्लटको जग्गा अतिक्रमित भएको बताउदै त्यो जग्गा खालि गर्न नसकिएको उप–प्रमुखले बताएकि हुन् । एउटा ब्यक्तिको मात्र संरचना भन्दा अतिक्रमित सम्पूर्ण ब्यक्तिहरुले निमार्ण गरेको संरचना हटाउन समुदायको माग रहेकाले अतिक्रमित जग्गाको पहिचानमा नगरपालिकाले काम गरिरहेको तिवारीले बताएकी हुन् ।
नगरप्रमुख पूर्णकुमार श्रेष्ठले पनि नगरपालिकासँग प्रहरी प्रशासन नरहेको भन्दै पन्छिन खोजेका छन् । मेयर श्रेष्ठले प्रदेश र केन्द्रको निर्देशन अनुशार अतिक्रमित भु–भाग खालि गरिने बताएका हुन् । अतिक्रमण गर्दै आएका ब्यक्तिहरुले नैतिकताको आधारमा सार्वजनिक सम्पत्ती फिर्ता गर्नुपर्ने भन्दै फिर्ता नगरेका त्यस्ता ब्यक्तिहरुलाई प्रशासनको सहायता मार्फत कारवाही गरिने बताएका छन् ।
जसले जे धारणा राखेपनि देवचुली नगरपालिकाको सार्वजनिक सम्पत्ती अतिक्रमण हुनुमा राजनैतिक गन्ध आईरहेको छ । एउटा नगरपालिका भित्र यति धेरै स्थानमा देखिएको सार्वजनिक जग्गा अतिक्रमणमाको शिलसिला आखिर कहिले सम्म ? पहुँच हुनेले अतिक्रमण गरेर विल्डिङ ठड्याउने, पहुँच नहुनेले झुप्रो बनाउन समेत महिनौ सम्म घर जग्गा नक्शा पासमा झन्झट ब्यहोर्नु पर्ने आखिर कहिले सम्म ?
यसप्रति देवचुली नगरपालिका, राजनैतिक पार्टी, आम स्थानिय र ब्यवसायिहरु सचेत रहन जरुरी छ । सार्वजनिक सम्पत्ती संरक्षण गर्नु हामि सवैको दायित्व हो ।