
कावासोती ।
पूर्वी नवलपरासीको कावासोतीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २४, २५ र २६ गते कावासोतीको मध्यविन्दु कलेजमा हुने छ ।
नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरले सोमबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई ९ हजार रुपैयाँ, तृतीय हुनेलाई ६ हजार रुपैयाँ, चौथो हुनेलाई दुई हजार रुपैयाँ र पाँचौ हुनेलाई १ हजार रुपैयाँ पुरस्कार राखिएको बताए ।

त्यसैगरी , कम उमेर समूहका एक जना, उत्कृष्ठ खेलाडि एक जना, शारिरीक रुपमा असक्त खेलाडी एक जना र बढी उमेर समूहका एक जना गरी ४ जनालाई नगद एक हजारका दरले पुरस्कार प्रदान गर्ने कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलले बताए ।
पत्रकार सम्मेलनको सञ्चालन सचिव विश्वनाथ पाण्डेले गरेका थिए । प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीले एक सय रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गराउने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो ।