चितवन।
पश्चिम चितवन मेघौलीका लक्ष्मण चापागाईं आफ्नै गृह क्षेत्रमा सम्मानित भएका छन् । नारायणी सिङगिङ आइडल २०७६ को उपाधी बिजेता रहेका चापागाईं वडावासी र जनप्रतिनिधीबाट सम्मानित भएका हुन् । बिजेता चापागाईंको सफलताले पश्चिम चितवन र जिल्लालाई नै चिनाउन सफल भएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको साझापुर माध्यमिक बिद्यालयको परिसरमा सम्मान गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष गोबिन्द तामाङ र वडा नम्बर २८ का वडा अध्यक्ष आशबहादुर कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेघौली पर्यटन बिकास समितिका अध्यक्ष हरिशचन्द्र महतो, नारायणी सिङगिङ आइडलका कार्यक्रम संयोजक राम रिमाल, जानकी माध्यमिक विद्यालय मेघौली प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटा , साझापुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक तेजेन्द्र भुषाल , मेघौली उपभोक्ता समितिका उपाध्यक्ष लोकनाथ सापकोटा ,राप्रपाका स्थानिय नेता पिताम्बर अर्याल , साझापुर माध्यमिक बिद्यालयका, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालमाया अधिकारी, लगाएतले बिजेता लक्ष्मण चापागाईलाई सफलताको शुभकामना दिएका छन् । ब्राइट फ्युचर माध्यमिक विद्यालय तेलौलीका प्रधानाध्यापक एवं सामाजिक व्याक्तित्व कृष्णप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायक लक्ष्मणले दशर्कहरुलाई विभिन्न गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय थारू समुदायको झाँकि समेत प्रस्तुत गरिएको थियो ।