• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली वडा नम्बर ९ का स्थानियले पाउने भए आफ्नै वडा बाट सेवा

पावर संदेश
   २२ माघ २०७६, बुधबार १६:५४  मा प्रकाशित
  • 301 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    देवचुली नगरपालिका वडा नम्बर ९ का स्थानियले अब आफ्नै वडाबाट सेवा पाउने भएका छन् । बुधवार वडा कार्यालयको समुद्घाटन भएपश्चात अब स्थानियले आफ्नै घरगाऊँमा नै सरकारी सेवा प्राप्त गर्ने भएका हुन् । देवचुली नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मेख बहादुर सारु मगरको अध्यक्षता तथा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा कार्यालयको समुद्घाटन तथा सेवा शुभारम्भ भएको छ ।
    सिँहदरबारको अधिकार गाऊँ–गाऊँ पुर्याउने सरकारको निति अनुरुप आफ्नै वडामा वडाकार्यालय निमार्ण गरि सेवा शुभारम्भ गरिएको हो । जग्गा दाता चोक नारायण भुसाल, सुनिल पौडेल, तुलसी पौडेल र देवराज पौडेलले प्रदान गर्नु भएको एक कठ्ठा क्षेत्रफलमा वडा कार्यालय निमार्ण गरि आजदेखि सेवा शुभारम्भ गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख एंव कार्यक्रमका विशेष अतिथि पार्वता तिवारीले सिँहदरबारको अधिकारलाई साढे दुई बर्षमा गाऊँ सम्म पुर्याउन सकिएको बताउनुभएको छ । वडा अझैँपनि सिँचाई, बिजुली, खानेपानी, पक्किबाटोको समस्या रहेको बताउदै जनताको आधारभुर आवश्यकता पुरा गर्न स्थानिय सरकार सकृय रुपमा काम गरिरहेको बताउनुभयो ।
    कार्यक्रमका विशेष अतिथि एंव देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले वडा नम्बर ९ प्राकृतिक, साँस्कृतिक र पर्यटकिय क्षेत्रको रुपमा अन्य वडाको तुलनामा अगाडि रहेको बताउनुभएको छ । विभिन्न जातजातिको बसोवास, पिकनिक स्पोर्ट, फरक फरक धार्मिक आस्थावान ब्यक्तिहरुको परम्परा र संस्कृतिले वडालाई छुट्टै पहिचानको रुपमा स्थापित गर्न सफल भएको बताउनुभएको हो ।
    कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले देवचुली नगरपालिकाको १७ ओटै वडामा वडा कार्यालय बन्ने र ७ ओटा वडा कार्यालय निमार्ण सम्पन्न भएर समुद्घाटनको तयारी अवस्थामा रहेको बताउनुभयो । नगरभित्रका हरेक नागरिकलाई सहज रुपमा सेवा सुबिधा उपलब्ध गराउन सम्पूर्ण वडाहरु सकृय रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।


    कार्यक्रममा बोल्ने बक्ताहरुले अब जनता सेवा सुविधालिन टाढा जानुपर्ने समस्याको अन्त्य भएको भन्दै खुशी ब्यक्त गरेका छन् । कार्यक्रममा जग्गा प्रदानगर्ने जग्गादाताहरु, नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, नगरप्रवक्ता एंव वडा नं. १३ अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, प्रगतिनगर खानेपानि तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष खिमानन्द भुसाल लगाएतका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भजन, झ्याउरे, नचाल लगाएतका सास्कृतिक झाँकि समेत प्रस्तुत गरिएको थियो ।

    देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मेख बहादुर सारु मगरको अध्यक्षता तथा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको वडा समुद्घाटन कार्यक्रममा उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, नगरप्रवक्ता एंव वडा नं. १३ अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, सम्पूर्ण वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदश्य, विभिन्न संघसंस्थाका प्रमुख एंव प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑