
देवचुली ।
राष्ट्रिय युवा परिषद्को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा, नवलपुरमा उद्यमशिलता र स्वरोजगार सम्बन्धी युवा परामर्श कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम भिमसेन आदर्श मा. वि. का प्रध्यापक नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ।युवा परिषदले युवालाई परामर्शको माध्यम बाट युवालाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रशासकिय प्रमुख डा. बाबुराम ढुंगानाले युथ भिजन २०२५, युवा नीति २०७२ र राष्ट्रिय युवा परिषद्को बार्षिक कार्यक्रम र भाबि योजना को बारेमा जानकारी दिनु भएको थियो। कार्यक्रममा नेपाली युवालाई स्वदेशमा नै उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले राष्ट्रिय युवा परिषद्को पहलमा नेपाल सरकार अर्थ मन्त्रालयले ले जारी ूसहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि संसोधन २०७६” का वारेमा युवालाई जानकारी गरिएको थियो । कार्यक्रम भिमसेन आदर्श मा. वि. का प्रध्यापक नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य राख्दै नवलपुर शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयमा सरकार आइपुगेकाले विद्यालय र विद्यार्थीहरुले परिषद्सँगको सहकार्यमा नमुना उद्यम संचालन गर्न आग्रह गर्नु भयो।

राष्ट्रिय युवा परिषद् अन्तर्गतको संघ संस्था संजालका अध्यक्ष तिलोत्तम पौडेलले परिषद्ले स्थापनाको ४ वर्षमा नै ँगतगचभ एयष्अिथ ब्धबचम र ध्यचमि थ्यगतज एचष्शभ लिन सफल भएकोमा खुसी ब्यक्त गर्दै युवा विद्यार्थीहरुले युवा परिषद्को कार्यक्रम सँग जोडिन आग्रह गर्नु भयो।
राष्ट्रिय युवा परिषद्ले युवा परिचालनको वर्ष २०७६ लाई ११ वटा क्षेत्र कृषि उत्पादनमा युवा परिचालन, पर्यटन प्रवर्द्धनमा युवा परिचालन, सार्वजनिक शिक्षा सबलीकरणमा युवा परिचालन, वातावरण संरक्षणमा युवा परिचालन, अन्धविश्वास, लैंङ्गिक हिँसा र जातीय विभेद तथा छुवाछुत विरुद्धमा युवा परिचालन, उद्यमशिलता प्रवर्द्धनमा युवा परिचालन, सुशासन प्रवर्द्धनमा युवा परिचालन, विपद व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परंपरागत सीपको विकास तथा संरक्षणमा युवा परिचालन, स्वास्थ्य तथा खेल सचेतनामा युवा परिचालन र विज्ञान तथा प्रविधि प्रवर्द्धनमा युवा परिचालन गर्ने उदेश्य राखेको छ।
कार्यक्रममा भिमसेन आदर्श मा. वि. का प्रध्यापक नरदेव न्यौपानेले धन्यबाद ज्ञापन गर्दै विद्यार्थीहरुले पढाई सँगै सिप सिक्नु पर्ने कुरामा जोड दिनु भयो। जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले कार्यक्रम संचालन गर्नु भएको थियो।समाजसेवी होमनाथ जैसीले धन्यबाद ज्ञापन गर्नु भएको थियो।कार्यक्रममा विद्यार्थी प्रतिनिधि तथा किशोरी अभियान्त लक्ष्मी काफ्लेले सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।कार्यक्रममा परिषद्का श्यामकाजी खत्री र क्यानालनका दिपक बस्यालको समेतको सहभागी रहेको थियो।