
भिम भुसाल, देवचुली ।
नारायणगढ बुटवल सडक निमार्णकार्यमा लापरबाही गरिएको भन्दै स्थानिय आक्रोशित भएका छन् । सडक निमार्णको निम्ति रुखकटान गर्ने क्रममा बिद्युत्तका तारहरुको वास्ता नगरि रुख कटान गरिएको भन्दै स्थानिय आक्रोशित भएका हुन् ।
शुक्रवार देवचुली नगरपालिका १५ प्रगतिनगरमा रुख कटान गर्नेक्रममा ३ घरमा क्षती पुगेको छ । यादवप्रसाद रेग्मी, निरा थापा मगर र नारायणी शर्माको घरमा बिद्युत्त सर्ट भएको छ । बिद्युत्त सर्टहुदा घरको मिटर बक्स, ईन्भटर लगाएतको बिद्युत्तिय सामाग्रीमा क्षती पुगेको छ ।
