मिनाक्षि कंडेल , कावासोती ।
बिनादर्ता ब्यवसाय सञ्चालन गरेपछि दर्ता गरेर ब्यवशाय संञ्चालनमा आएका औषधी ब्यवशायीहरु धरासायिमा परेको गुनासो गरेका छन् । शुक्रबार नेपाल पशुपंक्षी औषधी ब्यवसाय संघको तेसो्र बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्ने अधिकांश ब्यवशायिहरुले जिल्लामा दर्ता नगरी औषधी पसलहरु संञ्चालन हुदा दर्ता गरी सञ्चालन गरिएका औषधी पसलहरु मर्कामा परेको बताएका थिए ।
जिल्लामा ४० औषधी पसल मात्र दर्ता भएका र ८० वटा औषधी पसल बिना दर्ता सञ्चालन गरेका छन । जसले गुणस्तरहिन औषधीहरु बिक्रिबितरणका साथै अनुगमन कार्यबाट बञ्चित हुने हुदा समेत दर्ता गरी सञ्चालन गरिएको औषधी ब्यवसायहरु थप मर्कामा रहेको बताएका थिए । आयोजित अधिवेशन कार्यक्रममा नेपाल पशुपंक्षी औषधी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष भुपेन्द्र गौतमले नेपाल पशुपंक्षी औषधी ब्यवसायी संघ नवलपुर शाखाको सचिवालयको उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले नवलपुर जिल्लामात्रा नभएर अन्य प्रदेश जिल्लामा समेत पसलहरु नविकरण बिना सञ्चालन हुने हुदा यसलाई केन्दि«य स्तरबाटै छिटटै समस्याको समाधान हुने बताएका थिए ।
त्यस्तै बिना नविकरण गरी पसलहरु अत्याधिक सञ्चालन गर्ने हुदा पहिले २५ सय सदस्य रहेकोमा हाल सम्म १९सय २० रहेको बताए । जसमध्ये १२सय जनालाई तालिम प्रदान गरिएको र बाँकी लाई तालिम प्रदान गर्ने प्रकृयामा रहेको बताएका थिए । त्यस्तै नेपाल पशुपंक्षि औषधी ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बिदुर पौडेलले औषधी ब्यवसायी संघ गण्डकी प्रदेशको सबैभन्दा उत्कृष्ट जिल्लाका रुपमा नवलपुर रहेको प्रशंसा गर्दै,ब्यवशायप्रतिको लगनशिलता र स्थापनाको छोटो समयअवधिमा सचिवालय समेत निर्माण गरेको बताएका थिए । त्यसतै उनले गण्डकी प्रदेश अगामि दिनहरुमा नवलपुर जिल्लासंगै समन्वय र हात्तेमालो गरी अगाडि बढ्ने बताउदै ,संघले बिनादर्तामा सञ्चालन गएका औषधी पसलहलाई निरुत्साहित गनुपर्नेमा जोड गरेका थिए । सचिवालय निर्माण सहयोग पुर्याउने जिल्लाका बिभिन्न ब्यवसायहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
संघको दोसो्र अधिवेशन अन्र्तगत धुव्रराज पाण्डेको अध्यक्षतमा ९ कार्यसमिति समेत गठन गरिएको छ जसको उपाध्यक्षमा यज्ञबहादुर जि.सि,सचिवमा यमप्रसाद सापकोटा, सहसचिवमा राजेन्द्र ढकाल,कोषध्यक्षमा डिल्लीराज ढुङगाना ,सदस्यमा चन्द्रा जि.सि,चिन्तामणि थनेत,रामबहादुर शाह,तुलसीराम भट्टराई, बिष्णुप्रसाद अर्याल चयन भएका छन । नेपाल पशुपंक्षी औषधी ब्यवसाय संघ नवलपुरका उपाध्यक्ष बाबुराम पौडेलले स्वागतमन्त्ब्य राखेको कार्यक्रमको संञ्चालन संस्थाका सचिव ध्रुवप्रसाद पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्लामा रहेका करिब ५५ जना औषधी ब्यवशायीहरुको सहभागिता रहेको थियो । भने नेपाल पशुपंक्षी ब्यवसायी संघ नवलपुरका अध्यक्ष धु्रवराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।