• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

स्वरोजगार कर्जा सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी पोखरामा सम्पन्न

पावर संदेश
   २७ माघ २०७६, सोमबार १६:१२  मा प्रकाशित
  • 631 पटक पढिएको







  • प्रितम भुजेल, पोखरा ।
    नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले स्वरोजगार कर्जा सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको पहलमा देशै भरिका सातवटै प्रदेशमा कार्यक्रम सन्चालन गर्ने योजना अनुरुप तेस्रो चरणको कार्यक्रम गण्डकी प्रदेशको पोखरामा ९ वटै जिल्लाका स्वरोजगार कर्जा कार्यक्रम संचालन गरिरहेका सहकारीका अध्यक्ष ,व्यवस्थापक जिल्ला सहकारी संघ, उधोग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि तथा प्रमुखहरुको भव्य उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले युवाहरुले राज्यको मुल प्रवाह लाइ समात्न युवाहरुलाइ २१ औं शताव्दिको शिक्षा अनुरुप अगाडी बढ्न रोजगार र अधिकार अरुले दिदैन आफै मग्न सक्नु पर्छ भन्दै स्वदेसमै रहेर युवाहरुलाइ केही गर्न अभिप्रेरित गर्नु पर्ने कर्जा प्राप्त गर्ने र लगानी गर्ने नीति सहज र सरलीकरण बनाउन आजैदेखी पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।त्यसै गरी कार्यशाला गोष्ठीमा आफ्नो मन्तव्य राख्दै अतिथि समेत रहनु भएका नेपाल सरकार गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयका सचिव गणेश प्रसाद पाण्डे ले बेरोजगारी समस्या अन्त्यका लागी प्रदेस सहयोगी भूमिकामा रहन ईच्छुक रहेको कुरा जानकारी गराउनु भएको थियो ।

    पोखरा विश्व विधालयका परीक्षा नियन्त्रक सह- प्रध्यापक डा.भरतराम ढुङ्गाना ,नेपाल राष्ट्र बैंक पोखरा का उप निर्देसक आश ब.थापा ,जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी ,जिल्ला सहकारी संघ तनहूंका अध्यक्ष श्रीप्रसाद भट्टराइ , जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल ,उधोगवाणिज्य संघ कास्कीका उपाध्यक्ष विन्दु कोइराला , महिला बहुउद्देशीय सहकारी सं लि देवचुली १६ का अध्यक्ष मायॉं खड्का लगाएतका वक्तहरुले कोषको प्रभावकारी अनुगमन को उच्च प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमले युवा तथा साना व्यवसायी स्वरोजगार कोष अवसर र विविधखाले चुनौतीहरु विच दौडिरहेको भन्दै कार्यशाला गोष्ठी भित्र जन्मिएका सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै कार्यक्रममा सहभागि सरोकारवला निकाय र सहकारीकर्मीहरुलाइ उत्साहित बनाउदै आफ्नो कार्यपत्र माथी सहजिकरण गर्दै सवैलाइ सहयोगको लागी विशेष आभार समेत व्यक्त गर्नु भएको थियो ।
    स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमको अध्यक्षता रहेको कार्यक्रमको संचालन जिल्ला संयोजन तथा अनुगमन समिति नवलपरासीका सदस्य सचिव प्रितम भुजेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य केषका कार्यक्रम तथा प्रबन्धन अधिकृत भोला खड्काले राख्नु भएको थियो ।कार्यक्रममा धन्यवाद् ज्ञापन मन्तव्य कोषका कार्यक्रम तथा प्रबन्धन शाखा प्रमुख अधिकृत सम्झना वाग्लेले राख्नु भएको थियो।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑