भिम भुसाल, नवलपुर ।
अब बन्ने प्रहरी ऐनले प्रहरी संगठनमा देखिदै आएको राजनितीलाई निषेध गर्ने गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले बताउनुभएको छ । सोमबार नवलपुरको कावासोतीमा प्रहरी ऐन निमार्ण सम्बन्धमा गण्डकी प्रदेश सरकारले गरेको अन्तरकृया कार्यक्रममा बाल्दै मन्त्री चुमानले सबै भन्दा धेरै राजनिति हुने स्थान प्रहरी संगठन भएको हुदा अब बन्ने ऐनले त्यसलाई निषेध गर्ने दाबि गर्नुभयो ।
प्रहरी संगठन मुक्ति सेनासँग मिलेर जन्मिएकोले जन्मजात नै राजनिती भएको र अब प्रदेश सरकारले निमार्ण गर्ने प्रहरी ऐनले राजनिति गर्न नदिने दाबि गर्नुभएको छ । देशमा विभिन्न राजनैतिकि परिवर्तन र आन्दोलनले निति र कानुनलाई परिर्वतन गर्दै आएता पनि प्रहरी ऐनलाई परिवर्तन गर्न नसकिरहेको परिपेक्षमा गण्डकी प्रदेश सरकार कानुन निमार्णमा अघि बढेको जानकारी दिनुभयो । वि. सं. २०१२ सालमा निमार्ण भएको प्रहरी ऐन अन्र्तगत नै प्रहरीहरु निर्देशित हुनुपर्ने हुदा प्रहरी प्रशासनमा भएका पुराना राम्रा कामलाई अनुशरण गर्दै नयाँ कानुनको निमार्णमा गण्डकी प्रदेश सरकार जिल्ला जिल्लामा सुझाव संकलन गर्दै हिडेको मन्त्री चुमानले बताउनुभयो ।
नवलपुर जिल्लामा एक प्रहरीले एक हजार भन्दा धेरै नागरिकको सुरक्षामा खटिनुपर्ने अवस्था देखिएको पुर्वप्रहरी महानिरिक्षक तथा प्रहरी ऐन बिज्ञ सुरेन्द्र शाहले बताउनुभएको छ । कार्यक्रममा बोल्दै शाहले अन्य जिल्लामा एक प्रहरीले एक सय ८८ नागरिकको सुरक्षा गरेपुग्ने तथ्याङ्क रहेपनि यस जिल्लामा भने प्रहरीले नागरीकको सुरक्षामा अधिक भार ब्यहोर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । नयाँ जिल्ला निमार्ण भएकोले पनि त्यस अवस्था आएको हुन सक्ने भन्दै प्रदेश सरकारले चुनौतिपूर्ण क्षेत्रमा प्रहरीको ब्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा पुर्व प्रहरी महानिरिक्षक सुरेन्द्र शाह पुर्व प्रहरी महानिरिक्षक पुर्व प्रहरी महानिरिक्षक उपेन्द्र शाही र पुर्व एआईजि बमबहादुर भण्डारी, प्रदेश सांसद एवं नेकपाका जिल्ला अध्यक्ष रोशन गाहा, नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, जिल्ला समन्वय समिती नवलपुर अध्यक्ष चेसराम आले , नेकपा केन्द्रीय सदस्य किशन शर्मा गैरे र रविन्द्र अधिकारी, विभिन्न स्थानिय तहका उप-प्रमुख, वडाअध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख एंव प्रतिनिधिको उपस्थिती रहेको थियो ।
गण्डकी प्रदेशको ११ जिल्ला मध्ये नवलपुरमा छैँठौँ जिल्लाको रुपमा अन्तरकृया भएको जानकारी दिईएको थियो ।