
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकाको धौलागिरी टोलमा दुई सातादेखि भुस्याहा कुकुरको आतंकले स्थानीयवासी त्रसित भएका छन् । भुस्याहा कुकुरले पशुचौपायालाई टोक्न थालेपछि सर्वसाधारण आतंकित भएका हुन् ।
स्थानियलाई कुकुरले झम्टन खोज्ने तथा पशुचौपायलाई घाईते बनाउन लागेपछि स्थानिय त्रसित हुदै देवचुली नगरपालिकामा जानकारी गराएको स्थानिय सोम सुवेदिले जानकारी दिए । पछिल्लो एक सातामा देवचुली १० निवासी गोमा अधिकारी, सोम सुवेदी र देवचुली १५ निवासी श्रिकृष्ण वि.कको बाख्रालाई घाईते बनाएको स्थानिय सुवेदिले जानकारी गराए ।

सोम सुवेदिको बाख्रालाई कुकुरले आक्रमण गर्दा २२ वटा टाँका लगाईएको छ भने श्रिकृष्ण वि.कको बाख्रा बचाउन नसक्ने गरि घाईते भएको स्थानियले जानकारी दिएका छन् । नगरपालिकाले समयमा नै स्थानियको र पशुचौपायाको सुरक्षा गरिदिन, स्थानियले अनुरोध गरेका छन् ।