भिम भुसाल, नवलपुर ।
विप्लव नेकपा समुहले फागुन १ गते २५ औँ जनयुद्ध दिवस मनाउने घोषणा गरेसँगै नवलपुर प्रहरीले सकृयता बढाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दिपक रेग्मीका अनुशार केन्द्रको आदेश अनुशार अघि बढ्ने र अराजक गतिविधी हुन नदिने बताउनुभएको हो ।
विप्लव समुहले देवचुली नगरपालिकाको विभिन्न स्थानमा पम्पलेट टाँसी २५ औँ जनयुद्ध दिवस सफल पार्न आग्रह गरेको छ । प्रहरीले भने विजुलीका पोल तथा प्रतिक्षालयहरुमा टाँसिएका पम्पलेट च्यात्दै र उक्काउदै हिडेको छ ।
विभिन्न बजार तथा चोकमा टाँसिएका पम्पलेटमा सामाजिक दलाल फासिवादको प्रतिवाद गरौँ, बैज्ञानिक समाजवाद प्राप्तिको दिसामा अधि बढौं, २५ औ जनयुद्ध दिवस भव्य रुपले मनाऔँ लगाएतका नारा लेखिएको छ ।
सरकारले बन्देज गरेको विप्लव नेकपा समुहको कार्यक्रमलाई सफल हुन नदिन नवलपुरका प्रहरी सकृय भएका छन् ।