
भिम भुसाल, नवलपुर ।
नेकपा क्रान्तिकारी माओवादीले प्रहरी घेराको बिचमा २५ औँ महान जनयुद्ध दिवस मनाएको छ । पुर्वि नवलपरासीको देवचुली नगरपालिका १३ दलदले बजारमा क्रान्तिकारी माओवादी नवलपुले कोणसभा गर्दै जनयुद्ध दिवस मनाएको हो ।
जनयुद्ध दिवसमा सरकार बिरोधी गतिविधि हुन सक्ने भन्दै नवलपुरका प्रहरीहरु कार्यक्रममा तैनाथ रहेका थिए । नेपाल पुलिस र सशस्त्र प्रहरीका करिव ३० सुरक्षा कर्मिका बिचमा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको छ ।

कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य अनुकुलले सरकार जनताको सेवक नभएर सासकको रुपमा बद्लिदै गएको आरोप लगाउनुभएको छ । सरकारले आफ्नो भुमि संरक्षण गर्न नसकेको, सामन्तबाद तर्फ उन्मुख भएको भन्दै नेपालको ७१ स्थानमा दश हजार १९ बर्गकिलोमिटर नेपाली भुमि भारतिय सरकारले मिच्दा पनि दुईतिहाईको सरकारले कुनै सकृयता नदेखाएको आरोप लगाउनुभएको हो ।
कार्यक्रमका अध्यक्ष एंव नेकपा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी उत्तम थापाले नेपालमा अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) परियोजना मार्फत ५० करोड डलर दिने कुराले ओली सरकार र्याल चुहाउदै संसदबाद जसरी पनि अनुमोदन गराउने दिसामा अधि बढेको ओरोप लगाउनुभएको छ । महान जनयुद्ध दिवस कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एंव नवलपुर जिल्ला अध्यक्ष पिताम्बर तिवारी, अनेम संघ क्रान्तिकारी केन्द्रिय सदस्य गिता पाण्डे, क्रान्तिकारी माओवादी पत्रकार महासंघ रामकुमार श्रेष्ठ लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए ।