
भिम भुसाल, देवचुली ।
पुर्वि नवलपरासीको देवचुलीमा पछिल्लो समय सामुदायिक कुकुरले आक्रमण गर्ने क्रम बढ्दै गएपछि देवचुली नगरपालिकाले नियन्त्रणका लागि स्थायी बन्ध्याकरण अभियान शुरु गरेको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा नगरपालिकाले फागुन ५ गते सम्मका लागि पशुस्वास्थ्य शाखा रजहरमा स्थायी बन्ध्याकरण शुरु गरेको हो ।
सामुदायिक कुकुरहरुले नगरभित्रका बाख्रा, कुखुरा, मृग लगाएतका जनावरको हत्या गर्ने र स्थानियलाई समेत आक्रमण गर्ने क्रास बढ्न थालेपछि नगरपालिकाले सडक कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान चलाएको छ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका प्राविधिक चन्द्र राईका अनुशार सामुदायिक कुकुरले सडक दुर्घटना, घरपालुवा जनावरलाई आक्रमण गर्ने क्रम बढ्दै गएपछि कुकुरको संख्यामा नियन्त्रण गर्न स्थायी बन्ध्याकरण तथा रेबिज बिरुद्धको सुई लगाउन शुरु गरिएको जानकारी दिनुभयो । सडक कुकुरलाई पोईजन खुवाउन नपाउने निति आईसकेपछि बन्ध्याकरण अभियान चलाउन थालिएको प्राविधिक राईले बताउनुभयो ।
देवचुली नगरपालिकाको प्रगतिनगर, रजहर क्षेत्रमा मात्रै पछिल्लो समय कुकुरको आक्रमणबाट बाख्रा, कुखुरा तथा गाईको मृत्यु भैसकेको छ । आज मात्रै बन्ध्याकरण टोलिले देवचुली १० र १५ का सडकमा भेटिएका २० कुकुरको बन्ध्याकरण गरिसकेको छ ।
नगरभित्रका विभिन्न चोक तथा गाऊबाट सडक कुकुरलाई प्राविधिक टोलिले उठाएर पशुसेवा शाखा रजहरमा लगि बन्ध्याकरण गरेको हो ।