देवचुली ।
क्रान्तिकारी माओवादीद्वारा भोलि नवलपुर बन्द आव्हान गरेको छ । क्रान्तिकारी माओवादी नवलपुरले आज(विहीबार) विज्ञप्ति जारी गर्दै शुक्रबार नवलपुर बन्द आव्हान गरेको हो ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाले दिएको जानकारी अनुसार एमसीसीको विरोध, भारतीय पक्षले गरेको नेपाली सीमा अतिक्रमणको विरोध लगायतमा विरोधमा नवलपुर बन्द आव्हान गरेको जनाए ।
त्यसैगरी राष्ट्रिय स्वाधिनताको रक्षार्थ नवलपुर बन्द आव्हान गरेको जनाउँदै उनले सम्पूर्ण नवलपुर बासीलाई नवलपुर बन्द सफल पार्न आव्हान समेत गरेका छन् ।