नवलपुर ।
नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार आयोजना गरेको नवलपुर बन्दको पूर्व सन्ध्यामा विहीबार साँझ कावासोतीको पुरानो कावासोतीमा राँके जुलुस निकालेको छ ।
राँके जुलुस पछिको कोण सभालाई सम्बोद्धन नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी न्यूजर्जले अमेरिकी सेना नेपाल ल्याउने गरी पास गर्ने तयारीमा ल्याइएको एमसीसी खारेज हुनु पर्नेमा जोड दिए ।
नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार एमसीसीको विरोध, भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध, भ्रष्ट नेताहरुलाई कारवाहीको माग र राष्ट्रिय स्वाधिनताको पक्षमा नवलपुर बन्द गरेको जनाएको छ ।
नेकपा क्रान्तिकारी माओवादीले पछिल्लो समय राष्ट्रिय स्वाधिनताको रक्षार्थका साथै देश व्यापी रुपमा सीमा अतिक्रमणको विरोध र एमसीसीको विरोधमा अभियान नै थालेको छ ।