भिम भुसाल, देवचुली ।
देवचुली १४ साहारा चोकमा सवारी दुर्घटना हुदा कावासोतीका एक युवक घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ७८९३ नम्बरको ट्रक र बिपरित दिसाबाट आउदै गरेको लु १३ प ६८९९ नम्बरको मोटर साईकल एक आपशमा ठक्कर खाँदा कावासोती ११ कुढौलीका ४० वर्षिय चुणमणी महत्तो घाईते भएका हुन् ।
घाईते महत्तोको दायाँ खुट्टा, बाँया हात र अनुहारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको र देवचुली अस्पताल दलदलेमा उपचार भै रहेको अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ । ट्रक चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।