भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका ४ का १० वर्षिय बिवस बसेल (नेपाली) को उपचारका लागि संकलित ५७ हजार पाँच सय रुपैया बिवस बचाउ अभियानले परिवारलाई हस्तान्त्रण गरेको छ । । ब्लड क्यानसरको लक्षण देखिएका बिवसको उपचार भैरहेको वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पतालमा पुगी अभियानकर्ताहरुले संकलित रकम हस्तान्त्रण गरेका हुन् ।
देश तथा विदेश बसेर अभियानमा सहयोग गर्ने सहयोगदाताहरुलाई अभियानकर्ता सौगात भुसालले धन्यवाद् दिनुभएको छ । सहयोग रकम देवचुली ४ का वडाअध्यक्ष गिर बहादुर थापा, वडा नम्बर १२ वडाअध्यक्ष दिनानाथ भुसाल, अभियानकर्ता सौगात भुसालले संयुक्त रुपमा पिडित बालकका बुवा देव बहादुर बसेललाई हस्तान्त्रण गर्नुभएको थियो ।
पिडित बालकको ३ महिना अघिदेखि वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।
बालकलाई ए एम एल को एम ३ टाईपको ब्लड क्यानसर भएको डाक्टर निभा तिवारीले जानकारी दिनुभयो।