भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सेवालिन आउने सेवाग्राहीहरु लुटिदै आएका छन् । नगरपालिकाको हाताभित्र जनतालाई सेवा दिन बस्दै आएका लेखापढी ब्यवसायी बाटै सेवाग्राही लुटिदै आएका हुन् । नगरपालिकाबाट निःशुल्क पाउनुपर्ने सेवा सुविद्या समेत सेवाग्राहीले विचौलियासम्म पुग्नुपर्ने बाध्यता रहेको छ । सेवाका नाममा नगरपालिका परिसर भित्रै लुट मच्चिरहेको छ ।
देवचुली नगरपालिकामा सेवा लिन आएका सेवाग्राही संदिप पोखरेलले भने, “म विद्यार्थि हुँ । वैदेशीक शिक्षाको लागि फारम भर्न नगरपालिका आएको थिएँ, एउटा सामान्य निवेदनको ५० रुपैया लिगे । नगरपालिकामा, ६ वटा निवेदन (जन्म, आम्दानि, कर, सम्बन्ध, जग्गा, चार किल्ला) सबैको छुट्टा छुट्टै निवेदन बुझाउनुपर्ने रहेछ । सामान्य पाँच रुपैया पनि नलाग्ने निवेदनमा प्रति निवेदन पचास रुपैया तिर्नुपर्यो । नगरपालिका त सेवा दिनको लागि होईन र ?”
तत्कालिन प्रगतिनगर गाऊ बिकास समिति (गाविस) हुँदाको समय देखि नै नगरपालिका परिसर क्षेत्रमा बसेर लेखापढी गर्दै आएका कानुन ब्यवसायी कुलप्रसाद सुवेदीले सामान्य निवेदनको पचास देखि कामको प्रकृति हेरी पाँच सय सम्म लिने गरेको जानकारी दिए । जग्गा, तमसुकको ३ सय देखि पाँच सय लिने गरेको सुवेदी बताउछन् । छिमेकि नगरपालिका गैडाकोटमा भने सामान्य निवेदनको ५ रुपैया मात्रै लिने गरेका छन् । एक सेवाग्राहीले भने यहाँ किन यति महंगो ।
चितवन बस्दै आएका भैँसी ब्यापारीले समेत देवचुली नगरपालिकाको सेवा मंहगो भएको भन्दै गुनासो गरेका छन् । सामान्या मिलापत्र लेख्न लगाउदा समेत एक हजार रुपैया तिर्नुपरेको ब्यापारीको गुनासो छ । हामिले सुवेदीलाई यो त मंहगो भएन र भनि प्रश्न गर्दा सेवाग्राहीले गुनासो गरेका छैनन् भन्दै टारे । प्रगतिनगर खानेपानी र देवचुली नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीले सुवेदीबाटै सेवा लिनुपर्ने बाध्यता छ । नगरपालिका परिसर क्षेत्र भित्रै उनको एकलौटी चलिरहेको छ ।
यस विषयमा नगर कार्यपालिकामा पनि चर्चा भएको र अब छिट्टै नागरिक सहायता कक्ष स्थापना गरिने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । नागरिक सहायता कक्ष स्थापनागरि नगरपालिकाको तर्फबाट निशुल्क सेवा दिईने भुसालको भनाई छ ।
राज्यले नागरिकलाई निःशुल्क दिनुपर्ने सेवा सुविद्या उपलब्ध गराउन नसक्दा देवचुली नगरबासी मन्द गतिमा लुटिरहेका छन् ।