• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

चक्रघट्टी जेसीजले वराहक्षेत्र रन कार्यक्रम गर्ने

पावर संदेश
   ११ फाल्गुन २०७६, आईतवार १४:१४  मा प्रकाशित
  • 438 पटक पढिएको







  • चक्रघट्टी/सुनसरी

    नेपाल भ्रमण (भिजिट नेपाल) २०२० लाई लक्षित गर्दै आगामी फाल्गुन १७ गते चक्रघट्टी जेसीजले ‘प्रथम वराहक्षेत्र रन-२०७६’ कार्यक्रम आयोजना गर्ने भएको छ । जेसीजले शनिवार आफ्नो सचिवालयमा एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

    कार्यक्रमका बारेमा बोल्दै जेसीज अध्यक्ष सन्तोष चौलागाईंले सो कार्यक्रम वराहक्षेत्र नगरपालिकाकै आजसम्मकै सबैभन्दा ठूलो हाफ म्याथुन प्रतियोगिता हुने तथा भिजिट नेपाल २०२० अन्तरगतको पहिलो बृहत कार्यक्रम हुने दाबी गरे । वराहक्षेत्र नगरपालिकामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै वराहक्षेत्र नगरपालिकालाई देशभरि नै चिनाउनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने समेत उनले बताए । आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै नेपाल सरकारले गौरवको कार्यक्रमका रूपमा लिएको भिजिट नेपाल २०२० को कार्यक्रमलाई सार्थक बनाउनका लागि आयोजित प्रथम वराहक्षेत्र रन-२०७६ कार्यक्रम वराहक्षेत्र नगरपालिकाको चतरा स्थित कुम्भ स्तम्भबाट सुरू भई वराहक्षेत्र नगरपालिका-६, चक्रघट्टी स्थित महेन्द्र मा.वि. को प्राङ्गणमा आएर समापन हुनेछ ।

    प्रतियोगितामा प्रथम हुनेले नगद रू. २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भनें क्रमश: दोस्रो हुनेले रू. १२ हजार, तेस्राे हुनेले रू. ७ हजार र सान्त्वना हुनेले रू. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दौडमा भाग लिनका लागि १८ बर्ष उमेर पूरा भई ४० बर्ष नकाटेको हुनुपर्ने छ ।

    कार्यक्रममा वराहक्षेत्र नगरपालिका एवम् गृह जिल्लाका धरान, इटहरी, इनरूवा साथै मोरङ, उदयपुर, सप्तरी, सिराह, झापा, धनकुटा, भोजपुर लगायतका छिमेकी जिल्लाहरूबाट करिब ५ सय धावक उपस्थित भई कार्यक्रममा सहभागी हुने अनुमान गरिएको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब ६ लाख बराबरको लागतमा संचालन हुने सो कार्यक्रमका लागि केही उत्पादक कम्पनीहरू, स्थानीय समाजसेवी, जेसीजका मानार्थ सदस्य तथा पूर्व अध्यक्षहरूबाट सहयोग प्राप्त भएको सो कार्यक्रमका कार्यक्रम संयोजक लोमनाथ दाहालले जानकारी गराए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑