भिम भुसाल, देवचुली ।
फागुन ११ गते आईतबार पावर संदेश अनलाईन मिडियामा प्रकाशित “देवचुली नगरपालिकाको ढोकामै लुटिन्छन् सेवाग्राही” शिर्षक समाचारको प्रभावले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले कार्यालयबाटै सबै किसिमका फारम निशुल्क भर्ने ब्यवस्था गरेको छ । देवचुली नगरपालिकासँगै रहेको प्रगतिनगर खानेपानीले कार्यालयले आफ्ना सेवाग्राहीको सुविधाको लागि कार्यालयबाटै निशुल्क फारम भर्ने सुविधा शुरु गरेको हो ।
प्रगतिनगर खानेपानी संस्थाले एक सुचना प्रकाशित गर्दै खानेपानी कार्यालयसँग सम्बन्धित निवेदन, नामसारी, ठाउसारी, लगाएतका सवै किसिमका कागजातको फर्मेट कार्यालयमै प्राप्त गर्न सकिने जानकारी गराएको छ ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालका अनुशार कुनै पनि उपभोक्ताले एक पैसा पनि तिरेर फारम भर्नु नपर्ने गरि सेवा शुरु गरिएको बताउनुभयो । प्रगतिनगर खानेपानीसँग सम्बन्धित फारम भर्ने काम निशुल्क रुपमा कार्यालयले नै कर्मचारी खटाएर शुरु गरेको अध्यक्ष भुसालले बताउनुभयो ।