चितवन ।
गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रको देशभक्त जनसांस्कृतिक अभियान टोली चितवन प्रवेश गरेको छ । फागुन १ गते पूर्वको मेचीनगरबाट पैदल हिँडेको टोली ब्यापक जनभेटघाट तथा दर्जनौँ चोकसभा गर्दै चितवन पुगेको हो ।
इण्डोप्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसीसी खारेज गर्न तथा लिम्पियाधुरासहित अतिक्रमित नेपाली भूमि फिर्ताका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने लगायत १५ वटा माग लिएर टोलीले अभियान सञ्चालन गरेको हो ।
अभियनले देशभक्त जनसंस्कृति निर्माणको अपिलसहित नेकपा माओवादी केन्द्रलाई जनतामाझ स्थापित गर्न सशक्त भूमिका खेलिरहेको किरातीले जानकारी दिए ।
टोलीमा अध्यक्ष किरातीसहित केन्द्रीय र प्रदेश तहका नेता सहभागी छन् । उक्त टोली मेचीबाट पैदल मार्च गर्दै महाकाली पुग्ने अभियानमा छ ।