• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

पावर संदेश
   १४ फाल्गुन २०७६, बुधबार १२:०७  मा प्रकाशित
  • 361 पटक पढिएको







  • बैतडी ।

    राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।

    राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

    राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ ।

    त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्नुहुने कार्यक्रम छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।

    राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा

    बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    नगरकार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । उनले भने, ‘राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’ राष्ट्रपति भण्डारी आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छिन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑