काठमाडौं ।
एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डविरुद्ध सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले लिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ पूरा गरेको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले ३६ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सम्र्पूर्ण विकेट गुमाउँदै ६७ रन बनायो ।
थाइल्यान्डका लागि हिनोन जोर्डानले सर्वाधिक १३ रन बनाए । त्यस्तै नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान एक–एक विकेट लिए ।