
काठमाडौं ।
डा. युवराज खतिवडालाई पुन: अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले उनलाई अर्थसहित सञ्चार तथा सूचना मन्त्रीको पनि जिम्मेवारी दिएको हो । उनले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए । मंगलबारै उनको राष्ट्रिय सभा संसदको कार्यकाल सकिएको थियो ।

यसअघि खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका थिए । तर, राष्ट्रियसभाको पहिलो कार्यकाल भएकाले गोलाप्रथाबाट कार्यअवधि तान्दा खतिवडालाई मात्र दुई वर्षको चिठ्टा परेको थियो ।
अब, राजनीतिक भागबन्डा मिलेको खण्डमा मन्त्रिपरिषद्ले खतिवडालाई दोस्रो पटक राष्ट्रिय सभामा सिफारिस गर्न सक्नेछ । उनको सपथ चारबजे हुने बताइएको छ ।