काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
विभागका अनुसार, दिउँसो पश्चिमी भू–भागका केही स्थान तथा मध्य र पुर्वी नेपालका थोरै स्थानमा मेघगर्जन सहित चट्याङ, हावाहुरी र वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको संभावना समेत रहेको छ ।
राति पनि देशका केही स्थानमा असिना सहित वर्षाको संभावना छ ।