
भिम भुसाल, देवचुली ।
आज (शुक्रवार) दिउसो ३ बजेको समयमा कपिलबस्तु जिल्ला अदातलको सरकारी कार नवलपुरको दलदलेमा दुर्घटना भएको छ ।

पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ८२९९ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा २ झ ३९२८ नम्बरको सरकारी कारलाई ठक्कर दिदा कारको अगाडिको भागमा क्षती पुगेको अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ ।
मानविय क्षति नभएको र दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।