
काठमाडौं
जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको हो ।
सोमबारदेखि हङकङ र मकाउका नागरिकको पनि भिसा रद्द गर्ने जापानले जनाएको छ । जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन ।
आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या पार्न खोजिएको भन्दै जापान सरकारको आलोचना गरेको छ ।