
नवलपुर
पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना सख्त घाइते भएका छन् । २ जना पक्राउ परेका छन् ।

मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको हो। उनको अवस्था चिन्ताजनक छ। महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा आइतबार बिहानै देखि शल्यक्रिया सुरु भएको जनाइएको छ। प्रहरीले स्थानीय मुना महतो र सुरज महतोलाई पक्राउ गरेको छ।
एसपी दिपक रेग्मीले शनिबार राति ड्युउटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरे।