
भिम भुसाल, देवचुली ।
१४ औँ शाखाको रुपमा देवचुली– १५ प्रगतिनगरमा बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शाखा शुभारम्भ भएको छ । आज (आईतबार) एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले प्रगतिनगरको धौलागिरी चोकमा शाखाको शुभारम्भ गर्नुभएको हो ।

संस्थाका अध्यक्ष सापकोटाले बैद्धिक विधी अनुशार आज सेवाको शुभारम्भ भएको जनाउदैँ केहि दिन भित्र औपचारीक रुपमा कार्यक्रको आयोजना गरि संस्था उद्घाटन गर्ने जनाउनुभयो । बिकूले चितवन र नवलपरासी क्षेत्रमा शाखा बिस्तारको कार्यलाई तिव्रता दिएको छ ।
१४ औँ शाखाको रुपमा शुभारम्भ भएको बिकूको शाखा प्रमुखको रुपमा संदेश भुसाल रहनुभएको छ ।
बिकूको हाल सम्म ७० हजार शेयर सदस्य, ५ अर्ब आर्थिक कारोबार रहेको छ भने ५० करोड शेयर पूँजी रहेको संस्थाका ब्यवस्थापक माधवप्रसाद पौडेलले बताउनुभयो ।