• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

उराठ होली: सडकमा मान्छे छैनन्, पसलमा व्यापार छैन

पावर संदेश
   २६ फाल्गुन २०७६, सोमबार १३:३५  मा प्रकाशित
  • 359 पटक पढिएको







  • काठमाण्डौ ।

    कोरोना भाइरसको त्रासका कारण यसपटक होलीको रौनक घटेको छ । भिडभाडमा होली खेल्दा कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै डाक्टरहरुले सावधानी अपनाउन आग्रह गरेका कारण होलीको रौनक घटेको छ । अर्कोतिर सरकारले समूह वा जमघटमा होली नखेल्न दिएको निर्देशनले पनि होलीको दिन काठमाण्डौका सडक सुनसान छन् ।

    विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्र यसपटक सुनसान देखिन्छ । केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ, अबिर साटेका छन् ।

    ‘पोहोर परार यहाँ निकै रमझम हुन्थ्यो । अहिले त मान्छे नै छैनन् । पाटन सुनसान देखिन्छ,’ पाटनै घर भएकी शर्मिला खड्गीले भन्नुभयो । उहाँका अनुसार सडकमा यसपटक अबिर दलेर हिँड्नेहरु निकै कम देखिएका छन् ।

    विद्यार्थीहरु पढ्नमै व्यस्त

    सरकारले चैत ५ गतेसम्म परीक्षा सक्न निर्देशन दिएकोले धेरै विद्यालयले भोलि मंगलबारदेखि परीक्षा सुरु गर्दैछन् । त्यसैले अधिकांश विद्यार्थीले होली खेल्न छाडेर परिक्षाको तयारी गरिरहेका छन् । उनीहरुले कोरोनाको डरसँगै परीक्षाको तयारीका कारण सडकमा निस्किएर होली नखेलेको बताएका छन् । सचेत अभिभावकले पनि छोराछोरीलाई यसपालि होली खेल्न प्रेरित गरेका छैनन् ।

    ग्वार्कोमा भेटिनुभएका सर्लाहीको हरिवनका केदारप्रसाद लुइँटेलले भन्नुभयो, ‘सरकारले नै होली नखेल्न भनेको छ । डाक्टरले पनि नखेल्न सुझाव दिएका छन् । त्यसमाथि भोलिदेखि परीक्षा छ । त्यसैले मैले छोराछोरीलाई घरमै पढ्न भनेको छु । अबिरको टीका लगायौं र होलीको शुभकामना साट्यौं ।’

    पसलमा व्यापार छैन

    कोरोनाकै कारण यो वर्ष होलीमा लगाइने टिसर्ट, अबिर र पिचकारीको व्यापारमा निकै कमी आएको व्यापारीहरुले बताएका छन् । होलीको लागि पुसको सुरुमा भारत र चीनबाट सामान मगाएका व्यापारीले ती सामान बिक्री नभएर गोदाममै थन्किएको बताए । यस पटकको होलीमा व्यापार नहुने देखेर धेरै खुद्रा व्यापारीले सामान नै नकिनेको अबिरको होलसेल व्यापार गर्ने महोत्तरीका सञ्जय साहले बताउनुभयो ।

    ‘मैले २५ लाख रुपैयाँभन्दा धेरैको सामान ल्याएको थिएँ । तर खुद्रा व्यापारीहरु किन्न आएनन् । २० लाख रुपैयाँको माल गोदाममै थन्किएको छ ।’ साहले भन्नुभयो ।
    यस्तै, पाटनमा होलीका सामान बेचिरहेका रौतहटका सञ्जय गुप्ताले पोहोरको तुलनामा यसपालि ५ प्रतिशत पनि व्यापार नभएको बताउनुभयो ।

    उच्छृङ्खल गतिविधि शून्य

    यसपटक सडकमा उच्छृङ्खल क्रियाकलाप पनि निकै कम भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले अहिलेसम्म उच्छृङ्खल गतिविधि भएको कुनै जानकारी नआएको बताउनुभयो ।

    ‘यसपटकको होली अहिलेसम्म निकै सभ्य छ । सडकमा खासै भिडभाड छैन । होली खेल्दै हिड्नेहरु कम देखिएका छन् ।’ प्रवक्ता बोगटीले  भन्नुभयो ।

    गएको वर्षको होलीमा जबरजस्ती लोला हान्ने, अबिर लगाइदिने र जिस्काउनेलगायतका उच्छृङ्खल गतिविधि गर्ने झण्डै २ सय जना पक्राउ परेका थिए ।

    यस्तै होलीको दिन ट्राफिक नियम मिच्नेहरु पनि घटेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले यसपटक मान्छेहरु घरभित्रै रहेकाले सडकमा गाडीको संख्या निकै कम रहेको र नियम मिच्नेहरु पनि घटेको जानकारी दिनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑