• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

हुप्सेकोट गाउँपालिकामा पत्रकार सम्मेलनमा पुगेका पत्रकारमाथि दुव्र्यहार

पावर संदेश
   २७ फाल्गुन २०७६, मंगलवार १९:४९  मा प्रकाशित
  • 260 पटक पढिएको







  • नवलपुर
    पत्रकार सम्मेलनमा मंगलबार हुप्सेकोट गाउँपालिकामा पुगेका पत्रकारलाई गाउँपालिकामा दुव्र्यवहार भएको छ । उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा गएका पत्रकारले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष लक्ष्मी पाण्डेले अवशब्द बोली कार्यालयबाट निकाल्दै गरेको दृश्य खिचेको भन्दै अध्यक्षका स्वकीय सचिव रसिक लामिछाने र कांग्रेस कार्यकर्ता प्रमोद ढुंगानाले पत्रकारलाई दुव्र्यहार गरेका हुन् । उनीहरू दुवै बिरुद्ध प्रहरीमा जाहेरी समेत परेको छ ।
    स्टार टेलीभिजनका पत्रकार अर्जुन सापकोटालाई दुव्र्यवहार गरी सापकोटाको मोबाइल खोसी अध्यक्ष लक्ष्मी पाण्डेका छोरा समेत रहेका स्वकीय सचिव रसिक लामिछानेले मोबाइलका सबै सामग्री नष्ट गरिदिएका थिए । सोही क्रममा अध्यक्ष लक्ष्मी पाण्डेलाई भेट्न पुगेका पत्रकारलाई अध्यक्ष पाण्डेले आफ्नो अनुमति बेगर कोही पत्रकार गाउँपालिका भित्र प्रवेश गर्न नपाउने भन्दै रोक समेत लगाएकी थिइन् । वडा अध्यक्ष, कांग्रेसका कार्यकर्ताले पत्रकारको मोबाइल खोस्न र दुव्र्यवहार गरेका थिए । पत्रकारमाथि भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको भन्दै पत्रकारका पेसागत संगठनले विरोध गरेका छन् । उनीहरुले दोषीलाई तत्काल कारबाही गर्न माग समेत गरेका छन् ।
    हुप्सेकोट गाउँपालिकामा भ्रष्टचार र अनियमितता बढेको भन्दै जनप्रतिनिधबाटै छानबिनको माग गरिएको छ ।
    हुप्सेकोट गाउँपालिका उपाध्यक्ष कोपिला मल्लसहितका जनप्रतिनिधिले गाउँपालिकामा बेथिति र भ्रष्टचार बढेको भन्दै विकास निर्माण र प्रशासनिक खर्चको स्वतन्त्र छानबिनको माग गरेका छन्।
    नेकपाबाट निर्वा्चित उपाध्यक्ष, वडा अध्यक्षसहितका ११ जना जनप्रतिनिधिले गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी भ्रष्टचारको छानबिनको माग गरे । गत आर्थिक वर्षको सामाजिक लेखा परीक्षण समेत नगराइएको यसले गाउँपालिकामा भएको आर्थिक अनियमिता लुकाउन खोजिएको उपाध्यक्ष मल्लले पत्रकार सम्मेलनमा बताए ।
    गाउँपालिकामा कार्यालयको कार्य सम्पादन गर्न विशेषज्ञको रुपमा करारमा कर्मचारी नियुक्त गरिएकोमा सो पदमा नेपाल सरकारबाट पदपूर्ति भइसक्दा पनि जिम्मेवारी नदिई करारमा नियुक्त गरिएका कर्मचारीलाई हालसम्म कामकाज गराई आर्थिक भार थपिएको छ । कुनै पनि सम्भाव्यताको अध्ययन नगरी लगानी सम्मेलन गर्ने भनिएको र सम्मेलनमा खर्चको खाका नबनाई चरम रकम दुरुपयोग गर्न खोजिएको उपाध्यक्ष मल्लले बताइन् ।
    गाउँपालिकामा सुशासन कायम गर्नुपर्ने अध्यक्ष लक्ष्मी पाण्डेलेनै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई माघ २६ गते देखि हाजिर गर्न नदिई हाजिरी रजिष्टर लुकाएको समेत उपाध्यक्ष मल्लले बताइन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक लगाउँदा सर्वसाधारणले सहजरुपमा सेवा पाउन नसकेको उपाध्यक्ष मल्लले बताइन् । यही विवादले विकास निर्माणदेखि सबै कार्यमा प्रभाव परेको उपाध्यक्ष मल्लको भनाइ छ । आफू अनकुलको प्रमुख प्रशासकीय अधिकृत ल्याएर यसअघि भएका अनियमितालाई लुकाउनका लागि हाल आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको मल्लले पत्रकार सम्मेलनमा आरोप लगाइन् ।
    गाउँपालिका अध्यक्षले लक्ष्मी पाण्डेले गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा राखिएको कर्मचारीलाई बिहान बेलुका आफ्नो घरमा काम गर्न लगाउने गरेको वडा नम्बर ३ का वडा अध्यक्ष छविलाल मिधुनले पत्रकार सम्मलेलनमा बताएका छन् । यता गाउँपालिका अध्यक्षले भने आफूले कर्मचारीलाई घरको काममा प्रयोग नगरेको बताएकी छन् । उनले गरेको भए भन्ने व्यक्तिसँगै बुझ्न आग्रह गरेकी छन् । अनियमिताको सवालमा लागेको आरोपमा अध्यक्ष पाण्डेले आफूले सार्वजनिक सुनुवाइ, महालेखा परीक्षणको कार्यालयबाट लेखा परीक्षण गरेको र गाउँपालिकाको वेभसाइटमा समेत सबै नीति तथा कार्यक्रम र बजेटहरू सार्वजनिक रुपमा राखेको बताएकी छन् ।
    मंगलबार उपाध्यक्षले गाउँपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहँदा कांगे्रसका कार्यकर्ताले बाहिरबाट ताला लगाउने समेत प्रयास गरेका थिए । गाउँपालिकामा केहीबेर तनावको स्थिति समेत सिर्जना भएको थियो ।
    प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक
    प्रमुख प्रशासकीय अधिकृतका रुपमा हुप्सेकोट गाउँपालिकामा खटिएका ज्ञानप्रसाद पनेरुलाई गाउँपालिका अध्यक्ष पाण्डेले हाजिर गर्न रोक लगाउँदै आएका छन् ।
    मंगलबार गाउँपालिकाको आफ्नो कार्यकक्षमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले नेपाली कांग्रेसका कार्यकर्ता लगाएर दुव्र्यहारपूर्ण तरिकारले बाहिर निकालेका थिए । गाउँपालिका अध्यक्ष पाण्डे स्वयम्ले अपशब्दहरू बोली गाउँपालिकाको कार्यालयबाट दुव्र्यवहार पूर्णतवरले आफूलाई निकालेको प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताएका छन् ।
    यता गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले आफूले हालका प्रमुख प्रशासकीय अधिकृत पनेरुलाई हाजिर नगराउने अडानसमेत लिएका छन् । बरु प्रमुख प्रशासकीय अधिकृत पद बिहीन रहने तर हाल आएका पनेरुलाई हाजिर नगराउने अडान लिएका छन् । छोटो समयमा पटक पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा हुदा गाउँपालिकाको विकास निर्माणमानै समस्या परेको अध्यक्ष पाण्डेले बताए । कर्मचारी सरुवाको यस्तै कार्य रहिरहे संघीयताको मर्म अनुसार स्थानीय तहहरुले आफूले चाहे जसरी कार्य गर्न नसक्ने अध्यक्ष पाण्डेको भनाइ छ । मन्त्रालयमा यस विषयमा कुरा पुगेकाले यस अघिका प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपाने र हालका पनेरु कोही नभै कुनै तेस्रो व्यक्ति आएपछि कार्य अगाडि बढ्ने अध्यक्ष पाण्डेले अडान लिएका छन् ।
    हुप्सेकोट गाउँपालिकामा विगत केही समय यता विवादमा पर्दै गएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले एकलौटी ढंगले कार्य गरेको, आफ्ना नातेदारलाई कर्मचारीको रुपमा नियुक्ति गरेको भन्दै उनको कार्यशैली प्रति असन्तुष्टि बढेको छ । केही समयअघि गाउँपालिकाको गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको घटनालाई लिएर समेत तनाव कायमै रहेको छ । अध्यक्ष पाण्डेले ठक्कर दिने व्यक्ति गाउँपालिका अधिकृत शिव सुवेदीलाई बचाउनका लागिपरेको पीडितहरुले गुनासो गर्दै आएका छन् । यद्यपि ठक्कर दिने सुवेदी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । परिवारले कुनै प्रकारको क्षतीपूर्ति भने पाउन सकेका छैनन् । हाल प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको विषयसमेत पेचिलो बन्दै गएको छ । यसले गाउँपालिका भित्रका सेवाग्रहीलाई भने समस्या पर्दै गएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑