• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएपछि पौडेल पक्ष जुट्यो बैठकमा

पावर संदेश
   २८ फाल्गुन २०७६, बुधबार १३:२३  मा प्रकाशित
  • 378 पटक पढिएको





  • फाईल फोटो


    काठमाडौं ।

    नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई नवलपारासीको जिल्ला सभापति तोकेपछि पार्टी कार्यालय सानेपामा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

    बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार बैठकमा कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएको विषयमा छलफल हुँदैछ । सभापति देउवाले आफूहरुको सहमतिबेगर भटाभट निर्णय लिन थालेपछि पौडेल पक्ष चिढिएको छ ।

    देउवाले आफ्नो नियमित कार्यकाल सकिँदै गर्दा केही दिनअघि विभाग प्रमखु तोक्नेदेखि लिएर केन्द्रीय तथा आमतिन्त्र केन्द्रीय सदस्य मनोनित गरेका थिए । पौडेल पक्षले त्यो विरोध गर्दै आएको छ । संघीय संरचनाअनुसार साविकको नवलपरासी जिल्ला विभाजित भएर नवलपुर र नवालपरासी गरी दुई जिल्ला बनेको छ ।

    तत्कालीन नवलपरासीका जिल्ला सभापति विष्णु लामिछाने नवलपुरका जिल्ला सभापति बनेका छन् । यसअघि लामिछानेले तत्कालीन नवलपरासीका उपसभापति पोखरेललाई संघीय वर्तमान नवलपरासीको कार्यवहाक सभापतिको जिम्मेवजारी दिएका थिए ।

    पार्टी संगठन समायोजनको विधिअनुसार पनि विभाजित भएको जिल्लामा उपसभापतिलाई सभापतिको जिम्मेवारी दिइने बताइएको थियो । तर पोखेरल महाधिवेशन प्रतिनिधि भएकाले पौडेललाई जिम्मेवारी दिइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

    उनले भने, ‘पार्टी विधानमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । अर्जुन पोखरेलजी महाधिवेशन प्रतिनिधि हुनुहुन्न् । त्यसैले विष्णु पौडेलजीलाई जिल्ला सभापति तोकिएको हो । नभए उहाँ नै हुनुहन्थ्यो होला ।’ नवलपरासीमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

    सभापति देउवा निकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको योजनाअनुसार पोखरेलको कार्यवहाक जिम्मेवारी खोसेर विष्णुलाई जिल्ला सभापति तोकिएको पौडेल पक्षको आरोप छ । लामिछाने र पोखरेल दुबै जना महामन्त्री शशांक कोइराला निकट भएकाले कँडेलले जिल्ला राजनीतिमा प्रभाव देखाउन पौडेललाई अगाडि सारेको देखिन्छ ।

    नवलपुरका जिल्ला सभापति लामिछानेले कार्यबाहक सभापतिलाई हटाएर अर्को मान्छेलाई सभापति तोकिनु गतल भएको बताए । उनले भने, ‘म नवलपुरको सभापति भएपछि नवलपरासीको सभापतिमा उपसभापति कार्यवहाक जिम्मेवारी दिएको थिएँ । तर केन्द्रबाट महासमिति सदस्यलाई जिल्ला सभापति तोकिएछ । त्यसले विवाद सिर्जना गरेको हो ।’ पौडेल सिनियर भएपनि सभापति तोक्ने प्रक्रिया गत भएको लामिछानेले बताए ।रातोपाटी



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑