भिम भुसाल, देवचुली ।
कोरोना भाइरस संक्रमितको उपचार गर्न देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा तिन शैयाको आईसोलसन वार्ड निमार्ण भएको छ । बिश्वब्यापिरुपमा कोरोनाको त्रास बढिरहदा नवलपुरको देवचुली नगरपालिकाले कोरोनाको लक्षण देखिने बिरामी राख्न छुट्टै आईसोलेसन वार्डको निमार्ण गरेको हो ।
स्वास्थ्य केन्द्रको पछाडी रहेको ठूलो भवनको माथिल्लो तलामा वार्डको निमार्ण गरिएको छ । २ वार्डमा ३ वेड सहितको आईसोलेसन कक्ष निमार्ण भएको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर बिद्या भुसालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा तत्कालकालागि ३ वेड रहेपनि आवश्यकता अनुशार धेरै बिरामी राख्न सकिने गरि ब्यवस्थापन गरिएको छ ।
स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई समेत अस्पताल प्रवेश गर्नुअघि साबुन पानिले हात धुने ब्यवस्था गरिएको डाक्टर भुसालले बताउनुभयो ।