
भिम भुसाल, देवचुली ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले नगरको दुई स्थानमा नाग प्रतिमाको प्राण प्रतिष्ठा तथा समुद्घाटन गरेको छ । आज (शनिवार) देवचुली ७ मा रहेको प्रगतिनगर खानेपानिको मुहान र खानेपानि फिल्टर ट्याङ्की परिसर क्षेत्रमा नाग प्रतिमाको प्राण प्रतिष्ठा तथा समुद्घाटन गरेको हो ।
देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले खानेपानीको मुहानमा नाग प्रतिमाको समुद्घाटन गर्नुभएको थियो भने खोनेपानी फिल्टर ट्याङ्की परिसरमा नगर उपप्रमुख पार्वता तिवारीले नाग प्रतिमाको समुद्घाटन गर्नुभएको हो ।

नागको पूजाले खानेपानीमा शुद्धता रहने, अनिष्ट अवस्था नआउने र धार्मिक तथा सांस्कृतिक पक्षमार्फत बातावरण शुद्धता राख्न नाग प्रतिमाको प्राण प्रतिष्ठा गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । नागको प्रतिमा भएको स्थानमा कसैलेपनि फोहोर गर्न डराउने हुँदा पनि यसको आवश्कता अनुरुप संस्थाको आन्तरिक स्रोत मार्फत नाग प्रतिमाको प्राण प्रतिष्ठा गरिएको भुसालले बताउनुभयो । साथै नाग प्रतिमामा दैनिकि पुजा गरिने र नाग पञ्चमीको दिन स्थानियलाई समेत पुजाको लागि खुल्ला गरिने अध्यक्ष भुसालको भनाई छ ।
नाग प्रतिमाको प्राण प्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, विभिन्न वडाका वडा अध्यक्ष, प्रगतिनगर खानेपानि तथा सरसफाई उपभोत्ता संस्थाका अध्यक्ष, उपाध्यक्ष सहितको कार्यसमिति, कर्मचारी, स्थानिय तथा पत्रकारको उपस्थिती रहेको थियो ।