नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि अवसरसँगै चुनौतीको चाङ भरिएको नेपाल कम्युनिष्ट पार्टि गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले बताएका छन । शनिबार नेकपा जिल्ला कमिटि नवलपुरले आयोजना गरेको पार्टी एकता सुद्धिकरण तथा जन सम्बन्ध बिचार अभियान कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टि भित्र फेरि विवाद सृजना गराउन पार्टि भित्रकै विपक्षिहरुले सडयन्त्र रचि रहेका कारण पार्टिमा चुनैतीहरु देखिन थालेको बताए ।
उनले ठुलो अन्दोलनले नेपालमा कम्युनिष्ट पार्टिको विकास भएको भन्दै यो विकासलाई अहिले बचाउन सकिन्छ की सकिदैन भन्नु नै कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती भएको बताए । पार्टि एकता र त्यस पछिको उपलब्धी बारे सबै जानकार हुन आवस्यक रहेको बताउदै नेपालीले जनप्रतिनिधि हुन मात्र गरिएको पार्टि एकता दिगो नहुने बताए ।
मन्त्री,सासंद र जनप्रतिनिधि बन्ने उद्देश्यले मात्र पार्टि बलियो बनाउन खोजीएको भए पार्टि एकता विघटन गराए पनि हुने तर्क राखे । पार्टि एकताले तल्लो तहमा रहेका पार्टिका कार्यकर्ता र पार्टिमा विश्वास राख्नेका लागि पार्टिले देखाएको विकासका सपनाहरु पुरा गराउन एकता गरिएको भन्ने उद्देश्य राखियो भने मात्र पार्टि एकताको सार हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सांसद तिलक महतले नवलपुर जिल्लामा दश ठुला आयोजनाहरुको काम बिस्तार गर्ने तयारीमा सरकार लागि परेको बताए । त्यस्तै उनले दुई बर्षमा नवलपुरका सबै क्षेत्रमा बिजुली पुर्याउने अभियानमा सरकार लागि परेकोे बताएकाछन् । कार्यक्रममा जिल्लामा रहेका नेकपा कार्यकर्ता समाजसेवी ,महिला स्वयसेंविका , लगायत राजनैतिक ब्यक्तिहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।