भिम भुसाल, देवचुली ।
बिश्वमा आक्रमक रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसबाट बच्न आयुर्वेद्धिक पद्धती अपनाउन सरोकारवालाहरुले अनुरोध गरेका छन् । आईतवार नवलपुरको देवचुली नगरपालिकामा आयोजित नोवेल कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकहरुले आयुर्वेद्धिक चिकित्सा पद्धतीले मात्रै कोरोनाको रोकथाम गर्न सक्ने भन्दै आयुर्र्वेद्धिक पद्धतीको अवलम्बन गर्न सुझाएका हुन् । दैनिकी जिवनशैलिमा परिवर्तन गर्दै आयुर्वेद्धिक वस्तु लसुन, गुर्जो, अमला, तेजपत्ता, मरिज, अदुवा, मह, काजती जस्ता खाध्य बस्तुको प्रयोग गर्दै योगा र ध्यान गर्न चिकित्सकहरुले अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर बिनोद पौडेलले रुघा खोकी, १००.४ डिग्री फरेनडाईड ज्योरो, श्वासप्रश्वासमा समस्या देखिएमा आँफू सुरक्षित बस्ने र चिकित्सककोमा जान सुझाव दिनुभएको छ । खराब जिवनशैलीले गर्दा कोरोनाको संक्रमण बढेको बताउदै डाक्टर पौडेलले खानपिन, सरसफाई र योगामा संवेदनशिल हुन अनुरोध गर्नुभयो ।
डाक्टर पौडेलले कोरोना लाम्खुट्टेको टोकाईबाट नसर्ने, गर्मि हुदैमा कोरोना भईरस नर्मर्ने, एन्टिबायोटिक औषधीले कोरोना संक्रमण कम गर्न नसकिने, दिर्घ तथा रुघा खोकि लागिरहने ब्यक्तिलाई चाँडो संक्रमण देखापर्ने, लगाएतको बारेमा जानकारी दिनुभयो । शारिरिक ब्यायम, तनाव कम लिने, ध्यान तथा आध्यात्मिक पुष्तकको अध्यन गर्ने, काँचो खाना मासु नखाने लगाएतको कार्य गर्न समेत डाक्टर पौडेलले अनुरोध गर्नुभयो ।
देवचुली नगरपालिकाले कोरोना संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिन नगरबासिमा अनुरोध गरेको छ । साथै नगरपालिकाले दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा आईसोलेसन वार्ड समेत राखिसकेको छ । यदि संक्रमणको बिकराल अवस्था सिर्जना भएमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा एक हजार ब्यक्तिलाई पुग्ने आईसोलेसन वार्ड उपलब्ध गराउने समेत चिकित्सालयका निर्देशक डाक्टर बिनोद पौडेलले बताउनुभएको छ ।
साथै देवचुली नगरपालिकाले कोरोनाको संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरुप वडा वडामा समिति निमार्ण गर्ने, विपत ब्यवस्थापन साझेदार संघ परिचालित गर्ने, युवा क्लव आमा समुहलाई स्वयंवसेवकको रुपमा परिचालन गर्ने बताएको छ ।
साथै नगरपालिकाले हर्टलाईनको समेत ब्यवस्था गरेको छ । संक्रमणको अवस्था देखिएमा नगरपालिकाले चौबिसै घण्टा खुल्ला रहने गरि ९८५७६४२१११, ९८४६११४९१५ र कार्यालय समयमा ०७८–५७५३९६ टेलिफोन नम्बर नागरिकहरुका लागि खुल्ला गरेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा विपत ब्यवस्थापन समिति अध्यक्ष एंव देवचुली नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल, नगर प्रवत्ता एंव वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, विभिन्न वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदश्य, सर्वदलिय, सर्वपक्षिय, विभिन्न संघ संस्थाका प्रमुख एंव प्रतिनिधि, प्रहरी एंव पत्रकारको सहभागिता रहेको थियो ।