भिम भुसाल, देवचुली ।
आईतबार दिउसो देवचुलीको दलदलेमा सवारी दुर्घटना हुँदा २ ब्यक्ति घाईते भएका छन् । देवचुली अस्पताल अगाडी मोटर साईकल र स्कुटर एक आपशमा ठक्कर खादा २ ब्यक्ति घाईते भएका हुन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना २२ प ३८३८ नम्बरको मोटरसाईकल र उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको ना २९ प ६४६१ नम्बरको स्कुटर आपशमा ठक्कर खाँदा स्कुटर चालक देवचुली ८ का ६५ वर्षिय बिर बहादुर रानाको छाति र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको बताईएको छ ।
मोटरसाईकल चालक गैडाकोट १२ का २८ वर्षिय हरी सारुको दुवै घुँडा र दाहिने हातमा चोट लागेको छ । दुबै घाईतेको देवचुली अस्पताल दलदलेमा उपचार भैरहेको छ अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ।