भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकाको मूख्य बजार दलदलेमा सोमबार बजार अनुगमन भएको छ । कोरोना भाईरसको संक्रमण फैरिरहदा बजारमा कारोबाजारी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय,देवचुली नगरपालिका, देवचुली उद्योग वाणिज्य संघ, बजार ब्यवस्थापन समिति लगाएतको सकृयतामा बजार अनुगमन भएको हो ।
दलदलेका मासु पसल, ग्यास सप्लार्यस डिलर, बधशाला स्थल, किराना पसल, तरकारी तथा फलफूल पसल, अस्पताल, मेडिकल, होटल तथा सडक छेत्रमा रहेका ठेलाहरुको अनुगमन भएको छ । अनुगमनका क्रममा बजारमा सामानको कृतिम अभाव नरहेपनि उपभोत्ताले आवश्यकता भन्दा धेरै सामानको खरिद गरिरहेका पसल सञ्चालकहरुले बताएका छन् । बजारमा सिलिन्डर ग्याँस, नुन, तेल लगाएतका समाग्री प्रर्याप्त मात्रामा रहेको समेत पसल सञ्चालकको दाबी छ ।
अनुगमनमा मासु पसलमा दुर्गन्ध, होटल तथा बधशाला क्षेत्रमा सरसफाई नपुगेको, बजारमा लाईटर, तास लगाएतका चिनबाट आयात हुने विलाशिताका बस्तुको मात्रै अभाव देखिएको, सबै पसलमा मूल्य सूचि नपाईएको लगाएतको निष्कर्ष बजार अनुगमनले देखाएको बजार अनुगमन संयोजक अविनाश पन्थिले बताउनुभयो । बजारमा कृतिम अभाव नरहेको बताउदै पन्थिले सुधार गर्नको लागि सञ्चालकहरुसँग आग्रह गरिएको बताउनुभयो । अब्यवस्थित रुपमा सडकमा ठेला सञ्चालन गरिरहेकाहरुलाई तत्काल हट्न निर्देशन दिईएको र कारोना संक्रमण बढिरहदा सडक छेउमा खुल्ला रुपमा बिक्री भैरहेका खाध्य बस्तु नखान समेत अनुगमन टोलिले स्थानियलाई आग्रह गरेको छ ।
अस्पतालमा बिरामीको चाप रहने हँुदा सबै बिरामीलाई सँगै नराख्न, मास्कको ब्यवस्था, सरसफाईको ब्यवस्था गर्न अनुगमन टोलीले अस्पताल तथा मेडिकलहरुमा निर्देशन गरेको छ ।
दैनिकी बजार अनुगमनलाई तिव्रता दिने बताउदै नगरको मुख्य बजार प्रगतिनगर, रजहर तथा केउरेनी क्षेत्रमा समेत अनुगमन गरिने बताईएको छ । देवचुली नगरपालिका नगरप्रशासन प्रतिनिधि अविनाश पन्थीको संयोजकत्मा भएको बजार अनुगमनमा जिल्ला प्रसाशन कार्यालय प्रतिनिधि जगत बहादुर चौधरी, स्वास्थ्य प्रतिनिधी पिताम्बर भुर्तेल, पशु स्वास्थ्य शाखा प्रतिनिधी सत्यनारायण गोहित, सुचना प्रविधी अधिकृत कृष्णहरी सापकोटा, उधोग वाणिज्य संघ देवचुली अध्यक्ष रेशमलाल सापकोटा, बजार ब्यवस्थापन समिति प्रतिनिधी, प्रहरी तथा पत्रकारको टोली रहेको थियो ।