
बाँके – कोरोना भाइरस ९कोभिड–१९० रोकथाम, पूर्वतयारी र उपचारको लागि नेपालगञ्ज उपमहानगरपालिकाले टास्कफोर्सु सहित विभिन्न कोष गठन गरेको छ ।
सोमबार बसेको कोरोना समन्वयात्मक बैठकमा भाइरस भित्रिन नदिन सावधानी अपनाउँदै पूर्वतयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र कोष गठन गरेको हो ।

यसैगरी बैठकले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा व्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको हो ।
बैठकले कोरोना रोकथामको लागि नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख, जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाको २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २० लाख रुपियाँ गरी १ करोड ६० लाख रुपैयाँको कोष बनाउने पनि निर्णय गरेको छ ।
यो रकम पूर्वतयारी र रोकथाममा खर्च हुनेछ । भारतको उत्तरप्रदेश राज्यमा कोरोनाको सङ्क्रमण देखिएका कारण नेपालगञ्ज पनि उच्च जोखिममा रहेकोले उच्च सतर्कता अपनाउने पनि बैठकले निर्णय गरेको छ ।