• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरका हाटबजार बन्द गर्ने तयारी

पावर संदेश
   ४ चैत्र २०७६, मंगलवार १४:१६  मा प्रकाशित
  • 664 पटक पढिएको







  • नवलपुर ।

    पूर्वी नवलपरासीको दुम्किबासदेखि भेडाबारीसम्म लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने तयारी गरिएको छ । १ सय ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भन्दै सरकारले मानिसहरु बढी जम्मा हुने गरी कार्यक्रम, भोजभतेर, पूजाआजा नगर्न आग्रह गरेको थियो ।

    सरकारको निर्देशनअनुसार विभिन्न कार्यक्रमहरु स्थगित गरिएका छन् । मानिसहरुको बढी भिड जम्मा हुने जस्ता ठाउँहरुमा केही समय बन्द गरी संक्रमणबाट जोगिन सकिने विश्वास लिइएको छ । हाटबजार लाग्ने ठाउँमा मानिसहरुको भिँड बढी जम्मा हुने भएकाले जोखिम बढी भएको स्थानीय प्रशासनको भनाइ छ ।

    बुधबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको उपस्थितिमा जिल्लाका विभिन्न सरकारी अधिकारीको बैठकमा यसबारे निर्णय गरिने बताइएको छ । स्रोतकाअनुसार आगामी बैशाख १८ गतेसम्म हाटबजार बन्द गर्ने प्रस्ताव गरिँदैछ ।

    उक्त बैठकमा हाटबजार बन्द गर्नेबारे आफूहरुले प्रस्ताव राख्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईँले बताए । हाटबजार ब्यवस्थापन समितिले भने यसबारेमा निर्णय भइनसकेको बताएको छ । हाटबजार मात्रै होइन, अन्य बजार क्षेत्र पनि उत्तिकै भिँडभाड हुने भएकाले सबै बजार क्षेत्र बन्द गरिनुपर्ने हाटबजार ब्यवसायीहरुको भनाइ छ । कोरोनाको त्रास रहेको भन्दै अत्याधिक भिड हुने ठाउँहरुमा नजान स्थानीय प्रशासनले आग्रह गरेपनि हाटबजार लगायत भिडजन्य ठाउँहरुमा भिड कम भएको छैन ।

    हाटबजार बन्द हुने चर्चा चलेसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको जोहो गर्न थालेका छन् । बजार बन्द हुँदा महंगी बढ्ने र दैनिक उपभोग्य वस्तुको हाहाकार हुने भन्दै नुन, तेल, चिनी लगायतका सामग्री उपभोक्ताले आवश्यकता भन्दा बढी लगेको कावासोतीका एक ब्यापारीले बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑