• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

चितवनमा ७२ घण्टाभित्र ७० शैय्याको अस्पताल बनाइने

पावर संदेश
   ४ चैत्र २०७६, मंगलवार १४:२२  मा प्रकाशित
  • 1139 पटक पढिएको







  •  चितवन ।

    चितवनमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैय्याको अलग्गै अस्पताल बनाइने भएको छ । उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

    विभिन्न अस्पताल तथा चेकपोष्टहरुमा आएका शंकास्पद बिरामी र संक्रमण पुष्टि भएका बिरामीलाई यही राखेर उपचार गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको बहिरंग सेवाको व्यवस्थापनको जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीले लिनेछन् ।

    जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेज र निजी अस्पताल समन्वय समिति, आईसीयूको चितवन मेडिकल कलेज, जनशक्तिको व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

    यस्तै अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमति भएको छ । अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ । आवासीय रुपमा नै चिकित्सक, नर्स, पारामेडिक्स र ल्याबका कर्मचारीलाई यहाँ राखिने डा. अनिलविक्रम कार्कीले जानकारी दिए । यहाँ आउने बिरामीलाई चार तहको स्वास्थ्य सेवा उपलब्ध गराइने डा। कार्कीको भनाइ छ । ल्याबको स्याम्पल काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकोले यही नै यस्तो ल्याब बनाउन आवश्यक पहल थालिएको डा. कार्कीले बताए ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्वतयारी समिति गठन गरिएको छ । यो समितिले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय गर्नेछ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑