भिम भुसाल, देवचुली ।
विश्वब्यापी रुपमा नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिरहदा नवलपुरको देवचुली नगरपालिकामा रहेको अस्थाई प्रहरी पोष्टले कारोना संक्रमण सर्तकता अपनाउन शुरु गरेको छ । प्रहरी पोष्टले कार्यालयमा आउने हरेक ब्यक्तिलाई अनिवार्य सावुन पानीले हात धुन अनुरोध गरेको छ ।
प्रहरी कार्यालयमा सेवा लिन आउने ब्यक्तिहरुको भिडभाड हुने भएकोले प्रहरी कार्यालयले कारोनाको संक्रमणप्रती उच्च सर्तकता अपनाएको हो । प्रहरी कार्यालयमा आउने सेवाग्राही देखी कैदिबन्दि थुनुवाले समेत प्रहरी कार्यालयमा प्रवेश गर्दा सावुन पानिले अनिवार्य हात धुनुपर्ने ब्यवस्था गरिएको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताउनुभयो ।
प्रहरी कार्यालयमा हरकोही सेवाग्राही टाढा टाढाबाट आउने हुँदा पनि प्रहरीले जोखिमको समयमा उच्च सर्तकता अपनाएको रानाको भनाई छ ।
अस्थाई प्रहरी पोष्टका प्रहरी स्वयंमले मुखमा माक्स, हातमा ग्लोवस् लगाएर सर्तक रहने गरेका छन् । कोरोना भाईरसको जोखिम केहि हदसम्म भएपनी कम गर्न प्रहरीले अपनाएको सर्तकता समय सापेक्ष रहेको भन्दै सेवा लिन आउने सेवाग्राहीले प्रशंसा गरेका छन् ।