भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर ११ आश्रम चोकमा स्कारपियो र बोलेरो गाडी ठक्कर खादा २ ब्यत्ति घाईते भएका छन् । धारापानी दलदले सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको बा २१ च २४९ नम्बरको बोलेरो गाडीमा सोही दिशाबाट आउदै गरेको बा १७ च ७९४१ नम्बरको स्कारपियोले पछाडि बाट ठक्कर दिदा २ ब्यक्ति घाईते भएका हुन् ।
दुर्घटनामा देवचुली १२ बस्ने वर्ष ४५ को बोलेरो चालक कृष्णप्रसाद भुसाल र स्कारपियोमा सवार देवचुली ७ बस्ने वर्ष ६३ को धर्मबहादुर श्रेष्ठ घाईते भएका छन् । बोलेरो चालक भुसालको दुवै घुँडामा चोट लागेको र देवचुली अस्पताल दलदलेमा उपचार भैरहेको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख अर्जुन रानाले बताउनुभयो ।
अर्का घाईते ६३ वर्षिय श्रेष्ठको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम भएकोले भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाईएको प्रमुख रानाले जानकारी दिनुभयो । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको छ ।