• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कोरोना संकटमा सेना नै सहारा !

पावर संदेश
   ७ चैत्र २०७६, शुक्रबार ११:२३  मा प्रकाशित
  • 421 पटक पढिएको







  • काठमाडौं – विपद् व्यवस्थापनमा नेपाली सेनालाई भरपर्दो संयन्त्रका रुपमा लिइन्छ । शीघ्र उद्धारका लागि हेलिकप्टरको प्रयोग होस् वा स्थल उद्धारमा नेपाली सेनाले महत्तवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    महाभूकम्पका बेला सेनाले निभाएको भूमिका होस् वा तराईको बाराका हावाहुरी पीडितको पुनःस्थापनाका लागि घर निर्माण गर्ने काम होस्, सबैमा सेनाको भूमिका स्मरणयोग्य छ । सेनामाथि अर्को जिम्मेवारी थपिएको छ, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै ।

    सैनिक संयन्त्र सामान्य अवस्थामा मात्रै होइन, जटिल र कठिन कामलाई समेत सहजै फत्ते गर्छ । कोरोना भाइरसको महामारी व्यवस्थापन जटिल जिम्मेवारीभित्र समावेश छ । विश्वशक्ति राष्ट्र अमेरिका, युरोप, चीन लगायत देश कोरोनाको महामारीबाट गुज्रिरहेका छन् । निकट छिमेकी देश भारतमा कोरोना भित्रिसकेपनि फैलिन नदिन सरकारले कठोर कदम चालिरहेको छ ।

    भारतसम्मै कोरोना भाइरसको संक्रमण देखाइसकेकाले सामान्य हुलचक्र्याइँले पनि नेपालमा कोरोना भाइरस भित्रिन सक्छ । नेपालमा हालसम्म १ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने ती व्यक्ति समेत उपचारपछि निको भइसकेका छन् । सरकारी तथ्यांक अनुसार हाल नेपालमा कोही पनि कोरोना संक्रमित छैनन् । यो सुखद पाटो हो ।

    कोरोना संक्रमित कोही छैनन् भनेर चुपचाप बस्नु पनि उपयुक्त हुँदैन । यही सत्यलाई मनन् गर्दै सेना सक्रिय भएको छ । सरकारी निर्देशन अनुसार सेनाले कोरोनाबाट बच्ने सामान्य सावधानीदेखि कोरोना संक्रमितको उपचारका लागि क्वारेन्टाइन निर्माणसम्मको व्यवस्थापनमा सक्रियता देखाएको छ ।

    स्यानिटाइजर र मास्क उत्पादन

    नेपाली सेनाले कोरोना भाइरसको संक्रमणबाट बच्न महत्त्वपूर्ण मानिएको स्यानिटाइजर र मास्क उत्पादन सुरू गरेको छ । सेनाले भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने स्यानिटाइजरको नाम ‘स्वयम्भु’ दिएको छ । सेनाले आफैं स्यानिटाइजर र मास्क उत्पादन सुरू गरेको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे जनाएका छन् ।

    ‘सैनिक संगठनभित्र प्रयोगका लागि स्यानिटाइजर उत्पादन सुरू गरिएको छ,’ प्रवक्ता पाण्डेले भने, ‘सेनाले मास्क समेत उत्पादन गर्न थालेको छ ।’ सेनाले सुरूमा आफ्नै प्रयोगका लागि उत्पादन गरेपनि सरकारले निर्देशन दिएमा बजारमा अभाव हुन नदिने गरी पनि उत्पादन गर्न सकिने सैनिक स्रोतले जनाएको छ । कोरोना भाइरसको त्राससँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव देखिएको छ ।

    एकान्त जंगलमा क्वारेन्टाइन निर्माण

    सेनाले कोरोनाबाट बच्न मास्क र स्यानिटाइजर उत्पादन मात्रै गरेको छैन, संक्रमणको आशंका भएका व्यक्तिलाई राख्न क्वारेन्टाइन समेत निर्माण गरेको छ । सेनाले मोरङको टाँडीमा गाउँवस्तीबाट टाढा एकान्त जंगलमा क्वारेन्टाइन निर्माण गरेको छ । प्रदेश स्तरीय मानिएको क्वारेन्टाइनस्थलमा २ सय जनासम्म अट्न सक्ने क्षमता रहेको छ ।

    प्रदेश १ सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंकामा १ हजार क्षमताको क्वारेन्टाइनस्थल बनाउने घोषणा गरेअनुसार नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको हो । नेपाली सेनाको २ नम्बर बाहिनी धनकुटाका सहायक रथी यमप्रसाद ढकालले सेनाले आफूसँग रहेको टेन्ट, वेड लगायतका सामग्री प्रयोग गरी एकैदिनमा क्वारेन्टाइनस्थल तयार पारेको बताए । टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करीब ४ विघा क्षेत्रफलमा क्वारेन्टाइन बनाइएको छ ।

    देशभरको अवस्था हेर्दा नेपाली सेनाका ब्यारेक, गण, गुल्महरू एकान्त, जंगल किनार र खुला ठाउँमा हुन्छन् । कोरोनाविरुद्ध लड्न एकान्त बस्नुपर्ने भएकाले पनि सेनाको भूमिका र सहयोग प्रभावकारी हुनसक्छ । सेनाले आफूसँगै रहेको साधनस्रोतबाट एकैदिनमा २ सय जना अट्ने क्वारेन्टाइनस्थल निर्माण गर्नसक्ने क्षमता देखाएको छ । क्वारेन्टाइनस्थलमा नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली समेत खटिने छ ।

    कोरोना संक्रमित कोही नभएको अवस्थामा सेनाले देखाइरहेको सक्रियता पूर्व तयारी र सावधानी हो । कोरोना संक्रमित देखिएको र महामारीको रुप लिएको अवस्थामा देशभरका सेना सक्रिय भएर कोरोना विरुद्धको लडाइँलाई जित्न सकिने मानसिक तयारीमा सेना रहेको छ ।

    सेनाको सहारा

    विपद्का बेला सेनालाई भरपर्दो संयन्त्रका रुपमा नेपाल सरकार र सर्वसाधारण हेर्ने गर्छन् । १ वर्षअघि गत चैतमा बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट कतिपय गाउँमा सर्वसाधारण बेघर भए । हावाहुरीबाट २ दर्जन बढी सर्वसाधारणको मृत्यु भयो भने धेरै व्यक्ति घाइते समेत भए । तत्कालीन राहत र उद्धारमा त सेना खटियो नै, सरकारले सेनालाई पीडितको पुनःस्थापना गर्न घर निर्माणको जिम्मेवारी समेत दियो ।

    नेपाली सेनाको आवास पुनर्निर्माण कार्यदलले १ सय दिनमा घर निर्माण कार्य पूरा गरेर ८६९ घर हस्तान्तरण गरेको थियो । पीडित परिवारका लागि २ कोठा, एउटा शौचालय र बरण्डा भएको व्यवस्थित घर बनाउने जिम्मा सरकारले सेनाले दिएको थियो । सेनाले गरेको हावाहुरी पीडितको घर निर्माण कार्यलाई सरकारले समेत प्रशंसा गरेको थियो ।

    २०७२ वैशाख १२ गते आएको महाभूकम्पका बेला घरभित्र च्यापिएका व्यक्तिको उद्धार र उपचारमा समेत सेना सक्रियतापूर्वक खटिएको थियो । संकटमा सेनाले देश र जनताको सेवा गर्दै आइरहेको छ । वर्षौसम्म अलपत्र परेका विकास आयोजनामा समेत सरकारको निर्णय र निर्देशनका आधारमा सेनाले काम गर्दै आइरहेको छ । कोरोना विरुद्धको लडाइँमा समेत सेनाले कुशलता प्रदर्शन गर्ने विश्वास गरिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑