भिम भुसाल, नवलपुर ।
पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाबाट बिहिबार प्रहरीले ठुलो परिमाणमा हतियार तथा गोलि बरामद गरीएको छ ।
प्रहरीले हुप्सेकोट गाँउपालीका – २ चपाहा बस्ने वर्ष ६३ को तारा बहादुर बि.क.को घरमा ठुलो परीमाणमा हतियार बरामत गरेको पत्रकार सम्मेलन गर्दै आज जानकारी गराएको हो ।
गोप्य सुचनाको आधारमा प्रहरीले छाँपा मार्दा विश्वकर्माको घरको कोठा भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा हात हतियार तथा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख दिपक रेग्मी जानकारी दिनुभयो ।
प्रहरीले निज तारा बहादुर बिश्वकर्मा सहित भरुवा बन्दुक २ थान , एयर गन १ थान, अटो पेल्तोल मेड ईन यु एस ए (९ एम एम एक सय थान), पेस्तोलको गोली ५ राउण्ड, एस एल आर गोली २ राउण्ड, थ्रि नट थ्रि राईफल १ राउण्ड, एम १६ गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका थान २, पुरानो कट्टा पेस्तोलको पार्ट पुर्जाहरु र घोडा चाप तथा अन्य पार्ट पुर्जाहरु समेत बरामत गरेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका तारा बहादुर बि.क.लाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । निजलाई अपराध संहिता २०७४ को हातहतियार तथा खजना सम्बन्धी दफा १२९ को उपदफा २ बमजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।