भिम भुसाल, देवचुली ।
नारायणगढ घर बताउने एक बालक देवचुलीको दलदलेमा भेट्टिएका छन् । रेम्बो बोटे नाम बताउने अन्दाजी ६ वर्षिय वालक दलदले चोकमा भेट्टिएका हुन् ।
आमाको नाम विष्णु बोटे र दाईको नाम दिपक बोटे बताउने बालकले आफ्नो घर नारायणगढ भएको भन्दै घरमा पुर्याइदिन आग्रह गरेका छन् ।
एक अटो चालकले बालकलाई भेट्टाएपछी अस्थाई प्रहरी चौकी दलदलेलाई बुझाएका थिए । अस्थाई प्रहरी चौकीले बालकलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ भने चिन्नुहुने ब्यक्ति वा आफन्तलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
निलो टिसट र सेतो मैलो पाइन्टमा रहेका बालक पहेलो रङको चप्पल लगाएका छन् । बालक शिशु कक्षामा नारायणगढमा पढ्ने गरेको बताएका छन् । बालकको अगाडीको माथिको दुई वटा दाँत छैन ।