काठमाडौं ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले आइतबारदेखि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी ओलीले देशवासीको नाममा गरेको सम्बोधनअनुसार आजदेखि १० दिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएको हो ।
तर, पनि आइतबार बिहान कतार एयरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि प्रयासरत रहेको फ्लाइट राडारमा देखिएको छ । सरकारको निर्णयसँगै चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानमा हुने उडान अवतरण रोकिएका छन् । यसअघि नै सरकारले युरोपका सबै देशका यात्रुलाई प्रवेशमा रोक लगाइएको थियो ।
आइतबारदेखि खाडी क्षेत्रका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउनेलाई पनि प्रतिबन्ध लगाइएको छ । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् ।